काठमाडौँ। मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा ऋणसम्बन्धी कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ट पारेका छन् ।
चिन भ्रमण सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले बीआरआइ ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्नेबारे आफ्नो कुनै तयारी नभएको स्पष्ट पार्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको जनाएका छन् ।
‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ। ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्रीले सरोकारवाला हरुसँगको छलफलमा भने,
प्रधानमन्त्री ओलीले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरि प्राथमिकतामा राख्ने गरेको बताए।


































