National life

लोडसेडिङ अन्त्यको श्रेय एउटा व्यक्तिलाई हैन छिमेकी मुलुक भारतलाई दिनुपर्छ: मन्त्री खड्का 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
642Shares
लोडसेडिङ अन्त्यको श्रेय एउटा व्यक्तिलाई हैन छिमेकी मुलुक भारतलाई दिनुपर्छ: मन्त्री खड्का 
ncell

काठमाडौँ । कुलमानसँग सम्बन्ध चिसिएको चर्चाकाबिच ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न सम्भव नरहेको उल्लेख गरेका हुन् ।

‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो। त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,’ मन्त्री खड्काले भने

केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गर्दै मन्त्री खड्काले लोडसेडिङको अन्त्य एक जना व्यक्तिले मात्रै नगरेको र सम्भव नरहेको उल्लेख गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला। त्यसमा पनि छलफल गरौँ। उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौँ भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौँ भन्न चाहेको हुँ ।’

यता, सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको भन्दै त्यसका विरुद्ध सदन र सडकबाट विरोध सुरु भएको छ।

उनलाई जबरजस्ती हटाएर सडक आन्दोलन गर्ने उद्घोषसहित प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टीहरू संसद्मा एक ठाउँमा उभिएका छन् भने विभिन्न स्थानमा प्रदर्शन पनि जारी छ ।

 

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?