National life

वन मन्त्रालय भित्रै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
439Shares
वन मन्त्रालय भित्रै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा
ncell

काठमाडौँ । आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएपछि नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा बस्ने घोषणा गरेका छन् ।

रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका सांसद खड्काले ढिलासुस्तीप्रति तीव्र आक्रोश पोखेका हुन । सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले बताएका हुन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताएका छन् । ‘सबै निकायबाट स्वीकृति भयो ।

कार्यविधि भएन रे । आज ४ महिना भयो पेनाल्टी तिरेको । अहिले भन्सारबाट त्यही ईआईए प्रतिवेदन नभएकाले सामान निकाल्न पाएको छैन’, उनले भने । उनले ऐन कानुन संशोधन गर्नुपर्छ भने गरिनुपर्ने भन्दै आफू सांसद पनि भएकाले सहजीकरण गर्न तयार भएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?