National life

विकास परियोजनाबारे जानकारी लिँदै निर्धारित समयमा काम सक्न चौधरीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
851Shares
विकास परियोजनाबारे जानकारी लिँदै निर्धारित समयमा काम सक्न चौधरीको निर्देशन
ncell

काठमाडौँ । नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा रहेको विकास परियोजनाबारे सरोकारवालासँग छलफल गरेका छन् ।

आज सोमबार चौधरीले जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसँग छलफल गरेका हुन्। केही परियोजनाहरू तोकिएको समयमा सम्पन्न नभएको भन्दै निर्माण व्यवसायीसहितका सरोकारवालासँग चौधरीले छलफल गरेका थिए।

जनप्रतिनिधिको सबैभन्दा ठुलो जिम्मेवारी परियोजना सकेसम्म छिटो सम्पन्न होउन् भन्ने रहेको भन्दै चौधरीले आयोजना निर्माणका क्रममा देखिएका समस्याहरू समाधान गर्दै गएकोले कन्ट्र्याक्टर जिम्मेवार बन्नु पर्ने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

'चौधरीले भने, ‘सरकारको तर्फबाट सहजीकरण गर्नु हाम्रो काम हो र गरिरहेका छौं। निर्माण सामग्रीको सहजताका लागि पनि लाग्यौँ। समाधान पनि भयो । पछिल्लो छलफलमा कुनै समस्या छैन भन्ने भयो तर काम समयमा सम्पन्न हुनु पर्‍यो भन्ने हो।’

रकम निकासाका लागि सरकारी पक्षबाट कुनै समस्या छैन भने आयोजना सम्पन्न नहुनुमा कन्ट्रयाक्टरको समस्या रहेको चौधरीको भनाई  छ । आयोजना सम्पन्न गर्ने सम्झौता भए अनुसार समयमा कामहरु सकिनु पर्छ भन्ने आफूहरुको मान्यता रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
851SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?