National life

विद्यार्थीलाई क्रिसमसको पोशाक किन्न बाध्य नपार्न विद्यालयलाई महानगरको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
659Shares
विद्यार्थीलाई क्रिसमसको पोशाक किन्न बाध्य नपार्न विद्यालयलाई महानगरको चेतावनी
ncell

काठमाडौं महानगरपालिकाले क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यसम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई निर्देशन गरेको छ ।

नजिकिँदो क्रिसमसको अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अभिभावकलाई बाध्य पारेको गुनासो आएपछि महानगरले विद्यालयहरूलाई चेतावनि दिएको छ ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ ।

कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानूनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ, महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । पछिल्लो समय निजी स्कूलहरूले विभिन्न चाडपर्वमा त्यससम्बन्धी पोशाक खरिद गरेर ल्याउन निर्देशन दिने गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?