National life

विमानस्थलको भन्सार कार्यालयमा देखिएका समस्या क्रमश सुधार गर्छौ: पाण्डे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
455Shares
विमानस्थलको भन्सार कार्यालयमा देखिएका समस्या  क्रमश सुधार गर्छौ: पाण्डे
ncell

काठमाडौँ । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँ जिल्लाको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

काठमाडौँको वानेश्वर ब्याङ्केटमा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा देखिएका समस्या र चुनौतीहरूको क्रमशः सुधार गर्दै जाने उल्लेख गरेका छन्

उनले धेरै प्रकारका समस्या झेल्दै आएका व्यवसायीहरूलाई क्रमशः सहजीकण गर्दै लाने प्रतिबद्धता समेत व्यक्त गरे । भन्सार एजेन्टहरूले पुलको काम गरेको भन्दै उनले इमानदारीपूर्वक काम गर्न भन्सार एजेन्टहरूलाई आग्रह गरेका छन्।

कार्यक्रममा भन्सार एजेन्ट महासंघका अध्यक्ष भरतराज घिमिरेले सरकारका विभिन्न विभागहरूले व्यवसायीलाई अनावश्यक दुख दिएको भन्दै सहजीकरण र एक द्वार प्रणालीको व्यवस्था गर्न सरकारलाई सुझाउ दिएका हुन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भन्सार एजेन्ट महासंघका संस्थापक एवं संघका संस्थापक जयप्रसाद सिवाकोटीले व्यापारीहरूले भन्सार मूल्याङ्कनको विषयलाई लिएर व्यवसायी तथा स्वयं एजेन्टले पनि दुख पाइरहेको चर्चा गर्दै भन्सार ऐन सुधार गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रममा अर्का अतिथि निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोख्रेल , नेपाल फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारी, नेपाल कुरियर संघका उपाध्यक्ष तिलराज खतिवडा र काठमाडौँ भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष शिशिर बहादुर गौतमलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाको बन्द सत्रले नेपाल भन्सार एजेन्ट संघ काठमाडौँको विधान संशोधन प्रस्ताव पारित गरेको संघका सदस्य सुमन निरौलाले नयाँ सडकलाई बताए । बन्द सत्रले सचिव होमनाथ धमला र कोषाध्यक्ष शिवराज रिजालले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत पारित गरिएको सचिव धमलाले बताए

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?