National life

शिक्षामन्त्री श्रेष्ठको चेतावनी: नियुक्ति, सरुवा बढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिन्छु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
554Shares
शिक्षामन्त्री श्रेष्ठको चेतावनी: नियुक्ति, सरुवा बढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिन्छु
ncell

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालय मातहतका कर्मचारीले नियुक्ति, सरुवाबढुवामा सोर्सफोर्स लगाए नम्बर घटाइदिने शिक्षा मन्त्री सुमना श्रेष्ठले चेतावनी दिएकी छन्।

उनले मन्त्रालय वा मातहतका निकायमा आफ्नो नाम लिएर पार्टीमार्फत वा कर्मचारीमार्फत साइनो लगाएर नियुक्ति र सरुवा बढुवाको ‘सोर्स फोर्स’ लाएमा मूल्यांकनमा ०.५ नम्बर घटाइदिने चेतावनी दिएकी हुन्।

मन्त्री श्रेष्ठले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कहीँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो वा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सीधै गर्न पनि उनले आग्रह गरेकी छन्। ‘निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।’

 

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?