National life

शेयर बजारले ४ हजारको बिन्दु पार नगर्ला भन्न पनि सकिँदैन: अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
905Shares
शेयर बजारले ४ हजारको बिन्दु पार नगर्ला भन्न पनि सकिँदैन:  अध्यक्ष ढकाल
ncell

काठमाडौं। निराशामा रहेको शेयर बजारमा बिस्तारै हरियाली छाउन थालेको छ । बिना कारण सुस्ताएको बजारमा करेक्सनको यात्रा सकिएको केही जानकारहरूको भनाई छ । पछिल्लो दुई कारोबारमा मात्रै तीन महिना यताकै उच्च कारोबार भएको छ । यसर्थ शेयर बजारको आगामी यात्रा कस्तो होला भन्ने आम लगानीकर्ताको प्रश्न र चासोको विषय बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही विषयलाई लिएर आर्थिक भ्वाइसले नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकाललाई अबको बजारको यात्रा कस्तो होला भनेर सोधेका छौ । प्रस्तुत छ ढकालको धारणा

कांग्रेस–एमाले गठबन्धनको सरकार बनेसँगै बढ्न सुरु भएको बजारमा अर्थमन्त्रीको आम लगानीकर्ताले चाहेका अर्थमन्त्री विष्णु पौडेलको आगमनले थप बढोत्तरी आएको थियो । तीन हजार कै बिन्दुमा प्रवेश गरेको पुँजी बजारले त्यो समय लगानीकर्ताको उच्च मनोबल बनाउन सफल भएको थियो।

निरन्तर बढेको बजारमा फेरि एकाएक गिरावटको यात्रा सुरु भयो सामान्यतया बजारमा घटबढ आउनु स्वाभाविक विषय हो यो बजारको सुन्दर पक्ष पनि हो तर बजारे गति लिने र घट्ने स्थिति एकदमै तीव्र गर्‍यो त्यो राम्रो भएको थिएन  । बजारले क्रमबद्ध रूपमा गतिलिदै वा घट्दै बढ्दै गरेको हुन्थ्यो भने त्यो दीर्घकालीन हुने थियो तर घटबढको प्रक्रिया फराकिलो रूपमा हुँदा आम लगानीकर्तामा अन्योलको स्थिति पैदा भएको थियो ।

यो सबै अन्योल र निराशालाई चिरेर बजारले एउटा गति लिन थालेको छ । मार्केट फेरि उकालो लागेको अवस्था छ र यो लाग्नुपछाडीको केही विशेष कारणहरू छन् । यति बेला बैंकसँग प्रशस्त पैसा छ , बैंकको ब्याजदर पनि धेरैजसोको एकल अंकमा छ । यो लाभांश वितरणको समय पनि हो यो सँगै हामीबिचमा रहेको चार्ड पर्वदेखि लिएर लोन तिर्नुपर्ने समय समेत हामीले पार गरेर अगाडि आएका छौ । यो सहज र उपयुक्त समय हो भन्ने मलाई लाग्छ ।

बजारमा धैर्यता आवश्यक पर्छ लगानीकर्ताले पर्ख र हेरको अवस्था पार गरिसकेको अवस्था छ । अहिले पुँजी बजारका लागि आवश्यक सबै आधारहरू चाहिँदो जस्तै ठिक्क छन् । यसकारण बजार बढेर जानेका शंका छैन । बजारले गति लिन थालिसकेको छ । बजारको सामान्य घटबढ प्रक्रिया चलिरहन्छ यहाँ घटबढ हुँदैमा लगानीकर्ता अतालिनु वा हौसी हाल्नुपदैन यसमा धैर्यता कायम चाहिन्छ ।

बजार सधैँ ३२ सयकै आसपासमा बस्नुपर्छ वा बढ्नुपर्छ भन्ने छैन बजार यसै पनि चलायमान भएको राम्रो हो । यसले भोली ४ हजारको बिन्दु पार नगर्ला भन्न पनि सकिँदैन र १८ सयको बिन्दुमा नओर्लिएला भन्न पनि सकिँदैन ।  हामी लगानीकर्ताले बुझ्नुपर्ने यत्ति हो कि बजारका लागि धैर्यता र उत्साह सहितको आत्मबलको एकदमै खाँचो छ त्यो हामीमा हुन आवश्यक छ समग्र हिसाबले बजारले उकालो यात्रा तय गरेको छ । करेक्सनको यात्रा पार गरेको छ अब बढेर जानेमा धेरै दुबिधा देखिँदैन भन्ने लाग्दछ ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?