National life

शेयर बजारमा नयाँ लगानीकर्तालाई राधा पोखरेलको खास सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
740Shares
शेयर बजारमा नयाँ लगानीकर्तालाई राधा पोखरेलको खास सुझाव
ncell

काठमाडौँ।  आजभोलि समाचारमा नेप्से यति अङ्कले बढ्यो, यति अङ्कले गिरावट आयो भन्ने सुनिन्छ । समय परिवर्तन सँगसँगै नेप्से कहिले हरियो हुन्छ त कहिले रातो । हरियो हुँदा लगानीकर्तामा खुसीयाली छाउँछ भने नेप्से रातो हुँदा लगानीकर्तामा निराश भाव सिर्जना हुन्छ ।

नेप्से पूरै रातो भएपछि बजारमा विभिन्न खालका तर्क वितर्क सुरु हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभिन्न पक्षहरूलाई दोष लगाइन्छ । नेप्से हरियो भएपछि सेयर खरिदका फेरि तँछाडमछाड हुन्छ । यस्ता क्रियाकलापले नयाँ सेयर खरिदकर्ताहरू बजारमा प्रवेश गर्न हिचकिचाउने र नवप्रवेशहरू बजार छाड्ने मनसायमा हुन्छन् ।

झन्डै साढे २ वर्षको निराशापछि शेयर बजारमा एक किसिमको परिवर्तन देखिन थालेको थियो , लगानीकर्तामा नयाँ उत्सुकता थपिँदै गएको थियो तर त्यो खुशी हप्ता दिन समेत टिक्न सकेन किनकि पछिल्लो एक , दुई हप्तादेखि निरन्तर मात्रामा बजार ओरालो लागेको छ ।

हामीमध्ये धेरै जना सेयरमा लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिन्छौँ । त्यस क्रममा साथीभाइको लहैलहैमा पनि लाग्छौँ । तर, लगानी गर्नुअघि हामीले के के कुरामा ध्यान दिन आवश्यक छ ? कस्तो कुरामा ध्यान दिन सकियो भने हाम्रो लगानी ठिक ठाउँमा प्रयोग हुन्छ ? विशेषगरि शेयर बजारमा नयाँ भएर आउनेहरूका लागि सम्भावना र चुनौती कस्ता छन् यस विषयमा हामीले नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई सोधेका छौ ।

यसो भन्छिन् संघकी अध्यक्ष पोखरेल 

हामीले सामान्यतया तरकारी किन्न जाने बेला त यो राम्रो छ छैन भनेर पटक पटक चेकजाँच गछौ , ओल्टाई पोल्टाई हेछौ अनि मात्र किन्छौ भने शेयर खरिद बिक्री गर्दा कुनै कुरामा ध्यान नदिएरै किन्ने र बेच्ने भन्ने मात्रै कुरा दिमागमा सेट गरियो भने त्यो राम्रो पक्ष हुन सक्दैन ।

हामी सबैलाई चाहिएको छ आज शेयर किनौँ भोली १५-२० प्रतिशतले बढोस् , आज बेचौ साँझ हाम्रो खातामा रकम जम्मा होस् तर के यति चाहानाले मात्रै हाम्रो सपनाले आकार लिन्छ त ? त्यो त सम्भव छैन। त्यसका निमित्त बजार,लगानीकर्ता र कारोबारको अवस्थामा तालमेल मिल्न जरुरी छ त्यसकारण यसको सबैभन्दा पहिलो पक्ष हो लगानी गर्दा वा कम्पनी छनोट गर्दा कति ध्यान पुर्‍याउने भन्ने ।

पहिलो कुरा स्टक किन्ने बेला चुपचाप किन्ने अनि बजार घटेपछि रोइला गर्ने हाम्रो मानसिकता जस्तो बनेको अवस्था छ , त्यसकारण पहिलो कुरा कम्पनीको मुनाफा , वित्तीय विवरण , इपीएस ,पीई रेसियो ,यसका साथै कम्पनीको संस्थागत सुशासन कार्यान्यन गरेको छ कि छैन हेर्नु पर्यो। यी सबै हेर्न जरुरी छ किनकि कम्तीमा लगानी सुरक्षित रहन्छ रहँदैन त्यसको निमित्त आफूले लगानी गर्न लागेको कम्पनीको अवस्था कस्तो हो त्यसमा प्रस्ट हुन आवश्यक छ ।

अर्को भनेको सबै पैसा शेयर बजारमा लगानी गर्ने भन्ने कुरापनी राम्रो होइन किनकि त्यसलाई मुख्य आयस्रोतको माध्यम ठान्नु हुँदैन १,२ सय शेयर बजार बढ्दा घरजग्गा नै बिक्री गरिहाल्ने परिपाटी बढेको छ त्यो गलत पक्ष हो त्यसकारण घाटी हेरि हाड निल्ने भन्ने कथनलाई भूल्नुहुुदैन ।

बजारमा असाध्यै धेरै चलखेल हुन्छ , यसलाई देशको राजनीति तरलताको अवस्था , कारोबारको अवस्था आदि कुराले सिधै प्रभाव पार्दछ त्यसकारण पहिलो कुरा हामीले लगानी गर्न लागेको कम्पनीको अवस्था ,आफ्नो आर्थिक अवस्था , अनि कति समयसम्म धैर्य गर्न सक्ने आफ्नो अवस्था ती तीन वटै कुरालाई ध्यानमा राखेर लगानी गर्न आवश्यक छ ।

दोस्रो कुरा बजारमा प्रवेश गर्न पूर्व प्राथमिक बजारमा लगानी गर्नु हितकारी हुन सक्दछ । प्राथमिक बजारमा लगानी गरी दोस्रो बजारमा जानेहरूले बढी सफलता प्राप्त गरेका उदाहरण भेटिन्छन् ।प्राथमिक बजारमा लगानी गर्दा कम जोखिम हुनुका साथै यसबाट बजारका बारेमा धेरै जानकारी प्राप्त हुन्छ । आफूले लगानी गरेका कम्पनीको बारेमा जानकारी लिन उत्सुकता हुन्छ । यसले  पत्रपत्रिका पढ्दा, समाचारहरू हेर्दा आफूले लगानी गरेको कम्पनीको समाचारको बारेमा चासो  जगाउन सहयोग पुर्याउछ ।

आजभोलि प्राथमिक सेयर निष्कासन गर्ने कम्पनी थोरै तथा तिनीहरूले निष्कासन गर्ने सेयर सङ्ख्या कम हुनु तथा सेयर आवेदक गर्नेको सङ्ख्या मागभन्दा सयौँ गुणा हुनाले यस्तो समस्याको सिर्जना भएको छ । साना लगानीकर्ता धेरै हुने भएकाले गोला प्रथा हुने भएकाले आफ्नो परिवारका सबै सदस्यहरू मिली आवेदन दियो भने सेयर पर्ने सम्भावना धेरै हुन्छ भन्ने मान्यता बढी रहेको छ। प्राथमिक बजारमा सेयर नपरे पनि प्राथमिक निष्कासन हुने सबै कम्पनीमा लगानी भने कुनै न कुनैमा पर्ने सम्भावना हुन्छ । त्यसकारण सबे पक्षलाई हेरेर सोचेर वा मनन गरेर मात्रै लगानी गर्नु आजको ठिक निर्णय हुन सक्दछ ।

यो समाचार शेयर गर्नुहोस्
740SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?