National life

शेयर बजार किन अस्थिर छ ? बजारको घटबढ बारे यस्तो छ विश्लेषकहरूको धारणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
1.4kShares
शेयर बजार किन अस्थिर छ ? बजारको घटबढ बारे यस्तो छ विश्लेषकहरूको धारणा
ncell

काठमाडौँ । पछिल्लो केही साता यता सेयर बजार प्रभावित भएको छ । बजारमा आएको उतारचढावको मुख्य कारण

अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको जानकारहरू बताउने गरेका छन् । 
 करिब डेढ महिनाकै अवधिमा सूचक १ हजार अंकले बढेको बजारमा किन फेरि घटबढको यात्रा सुरु भयो ? यो अस्थिर यात्राको संकेत के हो ? आर्थिक भ्वाईसले केही विश्लेषक तथा लगानीकर्तालाई सोधेको छ । प्रस्तुत छ उनीहरूको धारणा। 
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छोटेलाल रौनियार 

बजारमा घटबढको प्रक्रिया सामान्य र स्वागत योग्य हो । तर हाम्रो मानसिकता निरन्तर बजार उकालो लागिदियोस् भन्ने छ त्यस्तो छ सम्भव नै छैन र बजारका लागि त्यो फाइदा कम बेफाइदा ज्यादा हो भन्ने मेरो बुझाई छ ।

बजारका बिना कारण जस्तै बनेर एक साता लामो गिरावट आयो, त्यो पनि ठुलो अंकमा तर यस्तो किन भयो भने यो बजारको फन्डामेन्टल हो, केही मानिसहरू भ्रम सृजना गर्न र लगानीकर्ताको मनोबल भड्काउन सक्रिय बनेका छन् । लगानीकर्ताको मनोबलमा आएको परिवर्तनको असर बजारमा पर्न जान्छ यसैको प्रभावका कारण बजारमा फराकिलो अंकको गिरावट आउने र सामान्य बढ्ने अवस्था देखा परेको छ ।

हामीले बुझ्नुपर्ने मुख्य विषय बजारको बढ्ने आधार हो, अहिले ती सबै पक्ष निकै राम्रो छ । मैले माथि भनेझैँ बजार घट्नु बढ्नु सामान्य प्रक्रिया हो। घट्ने आधारहरू देखिँदैन तर बढ्ने आधार प्रशस्त छ तसर्थ लगानीकर्ताको आत्मबल उच्च हुन जरुरी छ भन्ने मलाई लाग्दछ । बजार घट्न थालेपछि खरिद गर्ने तयारीमा रहेकाहरू पनि केही समयका लागि पर्खिने मनस्थितिमा पुग्छन् । बिक्री गरेकाहरू अझै मूल्य तल आएपछि मात्र किन्ने योजना बनाइरहेका हुन सक्छन् । यी कारणहरूले गर्दा पनि बजार घट्न थाल्दा थप सप्लाई आउने गर्छ । यस्तै, बजार बढ्न थालेपछि भने यसको ठिक उल्टो प्रवृत्ति देखिन्छ ।

 सुवासचन्द्र भट्टराई 

पहिलो विषय त बजारमा गिरावट आएको वा सुस्ताएको भन्न मिल्दैन भन्ने लाग्छ किनकि सामान्य घटबढ हुनु बजारको गुण हो , विशेषता हो । बजार नै घटेन वा निरन्तर बढिरह्यो भने यो दुई वटा विषय नै दुर्घटनाको संकेत हो भनेर आकलन गर्दा हुन्छ । हालको समयमा बजारको जुन घटबढको प्रक्रिया चलिरहेको छ यो निकै सुन्दर र सान्दर्भिक छ भन्ने मलाई लाग्छ । सुस्ताएर हिँडेको यात्राले निकै टाढा हिँड्न सकिन्छ भन्ने मलाई लाग्छ ।

अर्को विषय यहाँले जून करेक्सनको प्रसङ्ग उठाउनुभयो यसको विषयमा करेक्सन नै भन्ने समय आएको छ भन्ने मलाई लाग्दैन । हामी हतारमा छौ हामीलाई दैनिक बजार बढेको हेर्न मन छ तर बजारको कुरा त कल्पना गरेजस्तो हुन सक्दैन । ४ सयको घटिबढीको प्रक्रियालाई करेक्सनसम्म झार्नु हुँदैन भन्ने मेरो धारणा हो । यो अंक सामान्य हो र सामान्य घटबढ हुन बजारको सुन्दर पक्ष हुन भन्ने मलाइ लाग्छ । बजार अहिलेपनी बढिरहेकै अवस्थामा छ । ठुलो सङ्ख्यामा घटेर बजारमा ठुलो पहिरो आएर फेरि सुधारको बाटोमा आएको होइन यस कारण अझै करेक्सन भएको भन्ने अवस्थामा बजार झरेको थियो भन्ने तथ्यहरू देखिदैन् । सामान्यतया ४ सयको घटबढ हुनु त बजारको लागी थप सुधारको निमित्त गतिलो अभ्यास हो भन्ने मलाई लागेको छ ।

हाल सूचक र कारोबार रकम दुवै राम्रोसँग बढेको भए पनि बजारले घट्ने यात्रा समाप्त गरेको छ भन्न सकिँदैन । मैले माथि पनि भनेको छु कि बजारको घट्ने बढ्ने प्रक्रियालाई सामान्य लिनुपर्दछ भनेर उसो त त्यसैको एउटा पक्ष हो यो यो अंकबाट बजार फेरि ओरालिन सक्छ तर त्यत्तिकैमा हामी अतालिनुपर्छ भन्ने लाग्दैन । बजार अझैसम्म सामान्य ढङ्गले पाइताला चाल्दै छ यसले गति लिन र दौडिन अझै बाकी छ भन्ने मेरो धारणा छ । किनकि यसको बिन्दु ३२ सय ३४ सयमा पुग्नलाई हैन, यसको यात्रा लामो छ। बजारले कम्तीमा पनि ४ हजार ४१ सयको रेसियोमा पुग्छ भन्ने मेरो दाबी छ।

निर्मल प्रधान

हुन त शेयर बजारको आगामी यात्रालाई व्याख्या गर्न सकिँदैन, यो विषय कुनै ज्योतिषले हात हेरेर कल्पना गरेर भनेजस्तो कल्पना गर्ने वा काल्पनिक विषय पनि होइन यस मानेमा आगामी दिनमा यसको यात्रा यस्तो होला भनेर भन्न सकिँदैन र भन्न मिल्दैन पनि तथापि वर्तमान अवस्था र यसको निमित्त सृजना भएको आवश्यक आधारहरूको आधारमा बजारले गति लिने धेरै बाटोहरू खुला भएको छ।

छोटो समयमा बजारले निकै लामो र अग्लो उचाइमा फड्को मारेको थियो । यसको अर्थ यो पनि हो कि बजारले जति धेरै उचाइ लिन्छ त्यति नै दुर्घटना हुने डर हुन्छ किनकि यो लय समाएर उर्लिएको बजार हैन । यो बिचमा भएको त्यही हो । बजारमा धेरै अपरिपक्वता बाकी छ भन्ने मलाइ लाग्छ । बजारमा तीन चार दिन देखि केही ठुला लगानीकर्ताले न छोड्न सकेको न जोडदार रूपले अगाडि बढेको अवस्था छ । यसले समेत बजारमा ह्वात्तै बढ्ने र एकै पटक ठुलो अंकमा गिरावट आउने प्रक्रिया दोहोरिएको छ।

फेरि बजारको अर्को पक्ष के पनि हो भने देशको प्रधानमन्त्री , पुँजिबजारको अपेक्षित अर्थमन्त्री लगायतका सरोकारवाला व्यक्तिहरूले बजारप्रति दिएको सकारात्मक धारणाका कारणपनी लगानीकर्ताको मनमा उत्साह छाएको छ । शेयर बजारले गति लिएको छ। तर यसो भन्दै गर्दा के चाहिँ भुल्नुहुन्न भने अर्थतन्त्रका अन्य बाटाहरू जस्तै व्यापार ,व्यवसाय उद्यम चौपट पर्ने र शेयर बजार मात्रै बढ्ने भन्ने विषय चाहिँ न देशको लागि फाइदा छ न लगानीकर्ताकै लागि नै ।

शेयर बजारमा अब पहिलेझैँ गिरावटको बाढी आउने अवस्था छैन। सामान्य घटबढको क्रम दोहोरिनु बजारको लागि सुखद पक्ष हो । यसले बजारलाई लयमा ल्याउन सहयोग गर्छ । मलाई लाग्छ बजारले अब २७, २८ सयसम्म झर्ला तर त्यो भन्दा तल ओर्लिने अवस्था देखिदैन् । बजारलाई एउटा चुनौती अझै बाकी छ । बजारले जसरिपनी ३२ सयको बिन्दुलाई ब्रेक गर्नुपर्ने चुनौती छ होइन भने त्यो भन्दा तलको अंकलाई करेक्सन मात्रै भन्ने अवस्था छ ।

चन्द्रमणी अधिकारी 

बजार बढ्नु र घट्नु स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्दछ । बजार घट्न थालेपछि खरिद गर्ने तयारीमा रहेकाहरू पनि केही समयका लागि पर्खिने मनस्थितिमा पुग्ने र बिक्री गरेकाहरू अझै मूल्य तल आएपछि मात्र किन्ने योजना बनाएर बस्ने भएको कारण बजारमा घटबढको प्रक्रिया दोहोरी रहन्छ ।

बजार बढेसँगै करेक्सन आउनु बजारका लागि सुखद पक्ष हो । अर्थतन्त्रको सूचक एक दुई दिनमै तलमाथि नहुने तर शेयर बजारको स्वभाव नै तलमाथि भइरहने भएको कारण बजारको गति स्वाभाविक नै हो भन्ने मेरो धारणा छ । बजार ओरालिँदैमा अब १८ सयकै बिन्दुमा जान्छ, पहिरो नै चल्यो भनेर सोच्नुपर्छ भन्ने लाग्दैन ।  पुजिबजार अझै परिपक्व नभएको कारण यसमा बढ्ने घट्ने क्रम निरन्तर चलिरहन्छ ।

सेयर बजारका लागि अरू समग्र पक्ष सकारात्मक अवस्थामै रहेकाले नियमित करेक्सन चक्र पूरा भएपछि बजार पुनः गतिमा अगाडि बढ्छ । समग्रमा बजार बुल रनमा रहेकाले आगामी दिनहरूमा बजारले माथिल्ला विन्दुहरू छुने मेरो विश्वास छ ।

सेयर बजार सुधारमा प्रतिबद्ध देखिएको छ । बैंक–वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । लगानीका अन्य क्षेत्रहरू सङ्कुचित अवस्थामै छन् । यता, बजारमा नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ यस्तो अवस्थामा लगानीकर्ता त्रसित हुनुपर्ने कारण छैन बरु हौसिन आवश्यक छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?