National life

श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि संघको नेतृत्वमा चरणबद्ध आन्दोलनको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
461Shares
श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि संघको नेतृत्वमा चरणबद्ध आन्दोलनको घोषणा
ncell

काठमाडौँ– श्रमजीवी पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक वृद्धिका लागि आन्दोलनको घोषणा गरेको छ।

शुक्रवार बसेको संघको केन्द्रीय कार्यसमिति बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

विगत पाँच वर्षदेखि वृद्धि नभएको पारिश्रमिक वृद्धि लगायत ९ बुँदे माग सम्बोधनका लागि मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई शुक्रवारसम्मको समय दिएर अल्टिमेटम पत्र बुझाए पनि माग सम्बोधनका लागि कुनै छनक नदेखिएपछि आन्दोलनको  घोषणा गरिएको संघले जनाएको छ ।

संघको जानकारी अनुसार साताव्यापी आन्दोलनका कार्यक्रमहरू गर्ने निर्णय भएको छ। जस अन्तर्गत पुस १ गते आइतबार सामाजिक सञ्जालमार्फत ९ बुँदे अधिकारपत्रबारे देशभर प्रचारप्रसार गर्ने, माग सम्बोधनका लागि २ गते दबाब दिने उपत्यकामा हस्ताक्षर गर्ने, ३ गते उपत्यकाबाट सङ्कलित हस्ताक्षर अभियानमा जम्मा भएको हस्ताक्षर मन्त्रालयमा बुझाउने कार्यक्रम तय गरीएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै पुस ४ गते ९ बुँदे अधिकार उल्लेखित गरेर कालो ब्यानर बेलुनबाट सिंहदरबार परिसरको आकाशमा उडाउने, ५ गते सात वटै प्रदेशका मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ध्यानाकर्षण गराउने, ६ गते कालो ब्यानरसहित संघीय राजधानीमा धर्ना दिने र ८ गते प्लेकार्डसहित धर्ना दिने कार्यक्रम संघले तय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?