National life

संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरूलाई निजामती सेवामा समावेश गर्न माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
585Shares
संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरूलाई निजामती सेवामा समावेश गर्न माग
ncell

काठमाडौँ। नेकपा एमाले निकट नेपाल कर्मचारी सङ्गठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरूलाई निजामती सेवामा समावेश गर्न माग गरेको छ।

आज शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी दिन काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सङ्गठनले उक्त माग गरेको हो।

कार्यालय सहयोगीबाहेक अन्य पदहरुमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने सङ्गठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै सङ्गठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायित्व लगायतका मागहरू सम्बोधन गरिनुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए । साथै सङ्गठनले सहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?