National life

संसदभित्रै बजेटको विरोध सुरु : नेतामुखी र मन्त्रीमुखी भन्दै बजेट पुस्तिका च्यातियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
681Shares
संसदभित्रै बजेटको विरोध सुरु : नेतामुखी र मन्त्रीमुखी भन्दै बजेट पुस्तिका च्यातियो
ncell

काठमाडौँ। संसदभित्रै बजेटको विरोध सुरु भएको छ । एकीकृत समाजवादीका सांसद अमर बहादुर थापाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदभित्रै बजेट पुस्तिका च्यातेर विरोध गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको र जुम्ला जानका लागि दैलेखबाट ७९ किलोमिटर बाटो छोटो छ भन्दा भन्दै बजेट नहालिएको आरोप सहित थापाले बजेट पुस्तिका च्यातेका हुन्।

भौतिक पूर्वाधार मन्त्रालय उल्टो बाटो हिँडिरहेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दैलेख हुँदै जुम्ला जानलाई ७९ किलोमिटर बाटो फरक पर्छ भन्दा पनि सरकारले सुनेको छैन। भौतिक मन्त्रालयको बजेटले दैलेख मात्र नभएर धेरै जनतालाई सम्बोधन गर्न सकेको छैन । थापाले भने

दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका थापाले बजेट जनतामुखी नभएर नेतामुखी र मन्त्रीमुखी आएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । सरकारले आर्थिक वर्ष २०८२/०८३ का १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ ।

चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च चार खर्ब सात अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड रूपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको हो

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?