काठमाडौं । सांसद डा.सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा आफ्नो भनाई राख्दै सांसद शर्माले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप समेत लगाएका छन् । उनले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूला ठेक्का निकाल्ने र ठेक्का आफू निकटका ठेकेदारलाई कसरि पार्ने भन्ने धन्दामा ब्यस्त देखिएको आरोप लाएका छन् ।
नेपाली काँग्रेसका सांसद शर्माले आज (सोमवार) नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलवार हतुवगडीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै गरेको जनाएका छन्। स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ ।
हामी त्यसै बोलिरहेका छैनौँ । अहिले नेपालका शिर्ष नेता मात्रै होइन, कर्मचारीहरु पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर अन्य मानिसहरुको अर्बौंको सम्पती विदेशमा छ । दुबईमा कति नेपालीका बंगलाहरु छन् । हामीले यहाँ गाउँमा एउटा झोलुंगे पुल बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ ।’ उनले भने
शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरु हुनेछन्।


































