काठमाडौं । गत वर्ष २०८० सालभर लगानीकर्तामा खासै ऊर्जा थप्न सफल नभएको सेयर बजारले ८१ सालको प्रारम्भमा समेत सुधारको संकेत देखाउन सकेको छैन ।
सरकार समिकरण पश्चात् नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको आगमनले सेयर बजारमा सुधार आउने अपेक्षा आम लगानीकर्तामा चुलिएको थियो तर मन्त्री पुनको आगमन पश्चात् समेत बजारले सुखद पक्ष देखाउन सकेको अवस्था छैन । वर्ष फेरिएसँगै शेयर बजारमा नयाँ लहर छाउने अपेक्षा बोकेर बसेका लगानीकर्ताको सपनामा तुसारापात भएको छ ।
सेयर बजार बढ्ने प्रशस्त कारण हुँदै गर्दा समेत बजारमा किन सुधार आउन सकेको छैन ? अर्थात् दिनप्रतिदिन बजार घटिरहनुको कारण के हो ? यो आम लगानीकर्ताको साझा प्रश्न बनेको छ।
सेयर बजार अर्थतन्त्र सुधारको एक महत्त्वपूर्ण हिस्सा हो भन्ने सरकारले बुझ्न नसकेको ढकालको आरोप छ ,
अध्यक्ष ढकालले आफ्नो भनाइमा थप गर्दे भन्छन् ''हाल सरकारले पुजिबजारलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ जबसम्म यो स्थिति कायम रहन्छ तबसम्म बजार सुधारको अपेक्षा बोकेर बस्नु बेकार हो । जहाँ पोलेसि बन्नुपर्छ त्यही ठाउँमा बेवास्ता भएपछि कसरी सुधारको बाटो खुल्न सक्छ ? , ढकालले सरकारप्रति प्रश्न खडा गरेका छन् ।''
बजारमा सुधार देखिनको लागि पहिलो सुधार सरकारमा देखिन आवश्यक छ । यो सरकारले महसुस गर्नुपर्दछ
सरकार पुजिबजारको निमित्त पुरापुर उदासीन देखिएको अवस्था छ ।
सरकारले अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष चयन गरेर अगाडि जानुको अर्को विकल्प छैन , लगानीकर्ताले समस्या र माग बोकेर जाने ठाउँ आज रित्तो गुफा बनेको छ । बजेट आउने सँघारमा समय उभिएको छ , मौद्रिक नीतिको समीक्षाको समय खडा हुन थाल्यो तर बजारप्रति सरकारको कुनैपनी चासो र चिन्ता देख्न सकिएन , अध्यक्ष ढकालले निराशा व्यक्त गरेका छन् ।
सत्ता र शक्तिको लडाइँमा जनतालाई सिकार बनाउनुहुन्न हामीलाई चाहिएको लगानी मैत्री वातावरण निर्माण गर्न सक्ने , अहिलेको समयमा पुजिबजार हाँक्न सक्ने र लगानीकर्ताको मनोबल उठाउन सक्ने अभिभावक हो तर सरकारको कहाँ भागबन्डा मिलेको छैन थाहा छैन, सरकार र शक्तिको लालचले हाम लगानीकर्तामा निराशा जगाउनु सबैभन्दा दुखद पक्ष हो ढकालले आक्रोश भाव पोखेका छन् ।
अहिले पुजिबजारका केही नीतिगत कारणले समेत लगानीकर्तामा निराशा थपेको छ हाल कायम रहेको क्याप, सरकारको केही अप्ठ्यारो नीति आदीको कारण पनि अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । लगानीकर्ताको मनोबल माथि नआउँदासम्म बजार खुकुलो बन्ने अवस्था देखिँदैन तर अहिले लगानीकर्ताको मनोभाव बुझ्ने कुनै नीति वा पोलेसि नै देखिएन म सरकारलाई भन्न चाहन्छु तपाइहरूलाई तलब भत्ता खुवाउन जनता अझै कति रित्तिन पर्ने हो ? हाम्रो अभिभावक सरकार भएपछि सरकारले अभिभावकत्वको अपनत्व बोध गर्नु पर्छ पर्दैन ? ढकालले निराशा पोखेका छन् ।
लगानीकर्ताले छिटो प्रतिफल पाउनका लागि जोखिम मोलेर सेयर बजारमा लगानी गरेका हुन्छन् । सेयर बजार कुन बिन्दुसम्म घट्छ रु अथवा न्यूनतम बिन्दु कुन हो रु भनेर यकिन तथ्याङ्क त दिन सकिँदैन, तर पनि राजनीतिक, आर्थिक र प्राकृतिकका साथै अन्य विविध कारणले सेयर बजारलाई नकारात्मक तथा सकारात्मक दुबै असर र अवसर प्रदान गरिरहेको हुन्छ ।
विगत वर्षहरूको तुलनामा गएका दुई वर्ष सेयर बजारमा सकारात्मकभन्दा नकारात्मक असर बढी देखिन्छ । त्यसैले निरन्तर रूपमा सेयर बजार ओरालो लागेको लाग्यै छ । विगत केही समयदेखि निरन्तर रूपमा घट्दै गइरहेको सेयर बजारले लगानीकर्ताहरूलाई हतोत्साहित बनाएको छ । सेयर बजार निरन्तर ओरालो लाग्नाले लगानीकर्ताहरू धेरै नै चिन्तित देखिन्छन् । वास्तवमा भन्ने हो भने धैर्य गर्न सक्ने लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिक अवस्थामा देखिन्छन् । धैर्य गर्न नसक्ने लगानीकर्ताहरू घाटामा नै भए पनि बेचेर लगानीलाई सुरक्षित गर्न खोजिरहेका देखिन्छन् ।


































