काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले संसदमा प्रतिपक्ष भए पनि देश र जनताको हितका लागि सत्तापक्ष जस्तो भइरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो पुर्ण बैठकको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी पार्टीको प्रचार विभागका उपप्रमुख एवम पूर्वमन्त्री शर्माले संघीयता र गणतन्त्र तथा संक्रमणकालिन न्यायको पक्षमा माओवादीले सत्तापक्ष जस्तो देखिनुपर्ने अवस्था आइरहेको बताईन ।
उनले भनिन्, ‘हुन त हामी अहिले संसदमा प्रमुख प्रतिपक्ष हो, तर कुनै कुनै बेला हामी सत्ता पक्ष जस्तो हुनुपर्ने अवस्था छ ।
पूर्वमन्त्री शर्माले वर्तमान सरकार वर्तमान सरकार र प्रतिपक्ष दलसँग प्रतिसोध साध्ने गरी काम गरिरहेको आरोप लगाईन । उनले भनिन्, ‘रबी लामिछाने जस्तै काम गर्ने अरुलाई कारवाही गर्नुपर्छ कि पर्दैन ? गिरीबन्धु टि स्टेट जग्गामा खै छानबिन गरेको ? सरकारले प्रतिशोधका साथ काम गरिरहेको छ ।’


































