National life

सरकार सञ्चालनको ६ महिनामा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको प्रधानमन्त्रीको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
716Shares
सरकार सञ्चालनको ६ महिनामा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको प्रधानमन्त्रीको दाबी
ncell

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय भएको छ ।

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको बताएका छन्। ज्ञवालीले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयमा छलफल भएको बताए ।

राजनीतिक अवस्थाको विषयमा प्रतिवेदनमा विवेचना गरिएको उनको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमाले र कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र त्यसले सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा चर्चा गरिएको ज्ञवालीको भनाई छ ।

नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने ज्ञवालीको भनाइ थियो। ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरूमा छलफल गरेका छौँ,’ उनले भने, ‘सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रीय कमिटीको बैठकसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ।

सरकार गठनयताका ६ महिनाको समीक्षा गरिएको छ। त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको, केही महत्त्वपूर्ण कामहरू भएको छ। थुप्रै कामहरू गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ। ज्ञवालीले भने साथै, उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको दाबी समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?