काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारीमा रहेको बताएका छन्।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसँगको छलफल आफ्नो धारणा राख्दै उपप्रधानमन्त्री सिंहले सरकारले कार्यभार सम्हालेको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी खुलाउने तयारी थालेको जानकारी गराएका छन् ।
उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त गरिने र सोही अनुरुप व्यवस्थापनमा लागिरहेको बताएका छन् ।


































