काठमाडौँ। प्रतिनिधिसभा सदस्य तथा डिस होम मिडिया नेटवर्कका अध्यक्ष समेत रहेका देवीप्रकाश भट्टचनले सहकारीको ९८ करोड अपचलन गरेको भन्दै बाहिरिएका समाचारको खण्डन गरेका छन् ।
प्रभु मेनेजमेन्ट प्रा.ली.ले विभिन्न सहकारीलाई तिर्नुपर्ने रकम प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रयोग गरेको भन्दै समाचार बाहिरिएपछि अध्यक्ष भट्टचनले उक्त विषयमा आपत्ति जनाएका हुन ।
केही मिडियामा लगातार रूपमा तथ्यविहीन समाचार र केही भिडियो सामाग्री नै बाहिरिएपछि प्रभु मेनेजमेन्टको ब्यालेन्स सिट चेक गर्न आग्रह गरेका भट्टचनले अन्ततः प्रभु मेनेजमेन्टको उक्त सार्वजनिक वित्तीय विवरण (व्यालेन्ससिट) सार्वजनिक गरेका गरेका छन् । जस अनुसार भट्टचनले २०७१ साल पौष १३ गतेका दिन विधिगत रूपमा प्रभु मेनेजमेन्ट छोडेको देखिएको छ ।
https://aarthikvoice.com/archives/48212
२०७१ सालमै आफू प्रभु मेनेजमेन्टबाट बाहिरीको कारण त्यस यता प्रभु मेनेजमेन्टमा भएको ऋण वा वित्तीय कारोबारमा आफ्नो कुनै संलग्नता नभएको भट्टचनको दाबी छ । तत्कालीन प्रभु मेनेजमेन्टका लेखा अधिकृत हेम महाजुले हस्ताक्षर गरेको २०८० साल माघ २३ गतेको एक पत्रमा विभिन्न सहकारीलाई तिर्नुपर्ने ६ करोड करोड ३१ लाख रुपैयाँ बराबरको रकम देवी प्रकाश भट्टचनले फिर्ता गरे पश्चात् मात्रै फिर्ता गर्ने भन्दै नाम किटान गरेको देखिए पनि व्यालेन्ससिटमा भने उक्त समयमा भट्टचनले कुनै कारोबार गरेको तथ्यांकमा समावेश देखिदैन् ।
प्रस्तुत व्यालेन्ससिटमा एकै पटक आर्थिक वर्ष २०७९ को वित्तीय विवरणमा रु ६ करोड, ३१ लाख २४ हजार २ सय ६८ रुपैयाँ रकम भट्टचनमार्फत कम्पनीले लिनुपर्ने वासलातमा देखाएको भए पनि प्रभु मेनेजमेन्टले उक्त रकमको प्रमाण खुलाउन सकेको देखिदैन्।
प्रभु मेनेजमेन्टले आर्थिक वर्ष २०८० को परिष्कृत वित्तीय विवरण अनुसार विभिन्न अनुसूचित कम्पनीहरूमा ४१ करोड, २१ लाख बढीको लगानी गरेको देखिएको छ। साथै, प्रभूमहालक्ष्मी इन्सोरेन्सको १० प्रतिशत बोनस शेयर, ८ प्रतिशत हकप्रद शेयर लगायत जोडेर हुन आउने कुल शेयर ७४ करोड ४८ लाख ९२ हजार बढी पुग्ने देखिएको छ। त्यसको साथै, आर्थिक वर्ष २०७९ मा रु ५४ करोड, २२ लाख बढीको मूल्यमा शेयर बिक्री गर्दा कम्पनीलाई शेयर बिक्रीबाट रु ३६ करोड ५७ लाख बढीको खुद नाफा भएको देखिन्छ । त्यस बाहेक गत वर्ष प्रभु मेनेजमेन्टले प्रालीले १५ करोड बराबरी मूल्य पर्ने जग्गा बिक्री गरेको खुल्न आएको छ ।
प्रभु मेनेजमेन्ट प्रा.ली वा सोही संस्था निकट व्यक्तिले रफादफा गर्नुपर्ने रकमको विषयमा आफ्नो नाम जोडेर बदनामको प्रयास भएको भन्दै तथ्यसहितको खोजी गर्न समेत सांसद भट्टचनले आग्रह गरेका हुन् । आर्थिक भ्वाइसंगको कुराकानीमा भट्टचनले भने 'मैले यहाँहरूकै मिडिया मार्फत शंका भए व्यालेन्ससिट चेक गर्न आग्रह गरेको थिए। तर तथ्य खोज्न तर्फभन्दा बदनामी गर्नतर्फ मिडिया क्रियाशील भएको देखिएको यस कारण म पुनः सत्य र तथ्यमा आधारित रहेर समाचार प्रकाशन गर्न अनुरोध गर्दछु।'
प्रभु मेनेजमेन्टका अध्यक्ष कुसुम लामाले प्रभु मेनेजमेन्टको सम्पूर्ण कर्जा रकम देवी प्रकाश भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेको भन्दै बदनामी गरेको आरोपमा सांसद भट्टचनले लामा विरुद्ध जिल्ला अदालत काठमाडौँमा साउन १० गते गाली बेइज्जतीको मुद्दा दर्ता गराएको समेत जानकारी दिएका छन् ।


































