काठमाडौँ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गर्दै दुख दिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रहरीले १७ ठाउँमा चेक गर्ने गरेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले भने, ‘कर्णाली राजमार्ग अवरुद्ध भइरहेको छ, हामी अहिले ६ अर्बको स्याउ किनेर खाम्छौँ चीनबाट, जुम्लाबाट स्याउ आउँछ। राजमार्गको पहिरो पन्छाइँदैन।
अलपत्र पारेर स्याउ बाटोमा कुइन्छ। किसान आत्महत्या गर्न बाध्य भइरहेका छन्। त्यति मात्रै होइन १७ ठाउँमा प्रहरीले चेक गर्छ, स्याउ हो कि त्यो लागू औषध हो ? ’
सांसद शाहीले गृहमन्त्रीलाई स्याउ चेक गर्नुभन्दा सडक बनाएर किसानको उत्पादन बजारमा ल्याउने वातावरण बनाइदिन समेत माग गरौँ ।


































