National life

सामान्य अंक बढेर बन्द भएको नेप्से यस साता के होला ? सेयर विश्लेषक रौनियार यसो भन्छन्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
604Shares
सामान्य अंक बढेर बन्द भएको नेप्से यस साता के होला ? सेयर विश्लेषक रौनियार यसो भन्छन्
ncell

काठमाडौँ । कात्तिक २४ गतेदेखि बन्द भएको शेयर बजार भोली मङ्सिर ४ गते सोमबारदेखि खुल्नेछ।

तिहार तथा छठ पर्वको बिदाका कारण पछिल्लो १० दिनदेखि बन्द रहेको नेप्से भोलीदेखि खुल्दै छ। तिहार अघि नेप्से परिसूचक सामान्य अंक  बढेर बन्द भएको थियो। सो साता नेप्से परिसूचक ४.३८ अंक  बढेर १८५२.०८ विन्दुमा पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक २ कारोबार दिन घटेको थियो भने तीन कारोबार दिन बढेको थियो।

तिहार अघि नेप्से परिसूचक सपोर्ट जोनबाट उक्लिन खोजिरहेको देखिन्छ। साताको पहिलो कारोबार दिन सपोर्ट जोनमा झरेको नेप्से, सो पछिका तीन कारोबार दिन भने बढेको थियो। हाल नेप्सेको सपोर्ट क्षेत्र १८१० देखि १८४० सम्म रहेको छ। यस साता नेप्से ओरालो लागेमा सोही क्षेत्रमा टेवा पाउनेछ। त्यसैगरी, आगामी दिनमा नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्नुपर्ने अनुमान लाउन सकिन्छ ।

साप्ताहिक रूपमा नेप्सेले तिहार अघि स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरू आगामी दिनमा बजारले कुन दिशा लिन्छ भन्ने कुराले अन्योलमा रहेको सङ्केत गर्दछ।

शेयर विश्लेषक एवं नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बेसरेट घटेको खण्डमा शेयर मार्केट सुधारको बाटो खुल्ने बताएका छन् ।

उच्च ब्याजदरका कारण अझै बैंकमा पैसा थुप्रि रहेको छ। अब ब्याजदर घट्दै जाने हुनाले पुँजी बजार बढ्ने रौनियारको भनाई छ । पूजीँ बजारमा जति कम ब्याजदर कायम भयो त्यति नै मात्रामा अर्थतन्त्र चलायमान हुने हुनाले सरकारले अब ब्याजदर घटाउन तर्फ लाग्नु पर्ने बताए।

दशैं,तिहार चाडपर्वको समयमा बजार घट्नु सामान्य भएको उल्लेख गर्दै अब दबाब टरेको कारण लगानीकर्ता हड्बढाउने स्थिति नरहेको रौनियारको भनाई छ । पूजिँबजारका निमित्त अहिले राम्रो लय मिलेको साथै धितोपत्र बोर्डले पनि मार्केटलाई बढावा दिने खालको पोलेसिहरु ल्याएका कारण अहिले लगानीको उपयुक्त वातावरण बनेको रौनियारले दाबि गरेका छन् ।

अब मार्केट बढेर जाने सम्भावना भएको कारण मानसिक रूपमा तयार रहन रौनियारले लगानीकर्तालाई अपिल समेत गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?