काठमाडौँ - नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक अर्थव्यवस्था सीमित सीमित व्यक्तिको कोल्टामा रहेको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले समग्रमा देशको आर्थिक नीति नै गलत भएको टिप्पणी गरेका छन् ।
आर्थिक नीति गलत भएकै कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिको हातमा पुगेको बताउँदै उनले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरू रहेकोले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्याएको उनको दाबी छ ।
भण्डारीले विकास निर्माणका कामहरू पनि लथालिङ्ग रहेको र काम नहुँदा कानुनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गर्दै अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए।
सांसद भण्डारीले भने, ‘किन १०- १२ जनाको हातमा बैंक छ।
सांसद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए। उनले नेपाल भित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे।


































