National life

शेयर बजार नबढ्नुको मुख्य समस्या नै धितो कर्जामा १५ करोडको सीमा हो: प्रधान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
597Shares
शेयर बजार नबढ्नुको मुख्य समस्या नै धितो कर्जामा १५ करोडको सीमा हो: प्रधान
ncell

काठमाडौँ । शेयर बजारमा अस्थिरता कायम देखिएको छ । निरन्तर रूपमा बजार ओरालो लाग्दा लगानीकर्तामा निराशा थपिँदै गएको छ । शेयर बजार बढोत्तरीको बाधक भनिएको बैंकको ब्याजदर एकल अंकमा आउँदा समेत बजारले किन लय समाउन सकिरहेको छैन ? बजार अस्थिर बन्नु पछाडिको रहस्य के के हुन सक्छ भनेर आर्थिक भ्वाइसले नेपाली शेयर बजारका बादसाह निर्मल प्रधानलाई सोधेको छ । प्रस्तुत छ प्रधानको धारणा

पहिलो विषय त बजार कति घट्छ वा बढ्छ भनेर अनुमान गर्ने विषय होइन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसकारण बजारको अवस्थालाई ठ्याक्कै यकिन गर्न सकिदैन् । बजार बढ्नु वा घट्नु स्वाभाविक प्रक्रिया हो ।

यहाँले भनेझैँ हाम्रो शेयर बजार कति लगानीयोग्य छ भन्ने मुख्य विषय हो भन्ने मलाई पनि लाग्छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत लगानीकर्तालाई सम्बोधन गर्न नसकेको मेरो बुझाई छ । सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भए पनि व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत् राखियो यो एउटा लगानीकर्ताको लागि मुख्य समस्या हो भन्ने मेरो धारणा छ ।

शेयर बजारमा अझै पनि ठुला लगानीकर्ताको लागी आवश्यक वातावरण बनेको देखिँदैन । उनीहरूले लोन लिन सक्ने वातावरण बनेको छैन । सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको सीमा यथावत् राख्नाले लगानीकर्ताको जाँगर मारिदिएको छ । सानोतिनो लगानीकर्ताले पुँजी बजारको पाहुना भएका छन् । उनीहरू आज जुन शेयर खरिद गर्छन् भोली सोही शेयर बेच्ने गरेका छन् । यसले बजारलाई थप अस्थिरतातर्फ धकेल्छ भन्ने मेरो बुझाई छ ।

साना लगानीकर्ताले २- ४ पैसा घाटा २- ४ पैसा नाफा गर्दै बसिरहेका छन् । उनीहरू लामो समय बजारमा टिकिरहन सक्दैनन् यसकारण पनि बजारले लय समाउन सकिरहेको छैन । अर्कोतर्फ धेरैको धारणा र यहाँहरूको प्रश्नपनी बैंकको ब्याजदर घटिरहेको छ नि भन्ने छ । बैंकको ब्याजदर घट्दैमा केही फरक पर्ने वाला छैन । जब ठुला लगानीकर्ताले बैंकबाट १५ करोड भन्दा बढी लोन नै लिन नपाउने नीति यथावत् भएपछि ब्याजदर घट्नुले के अर्थ राख्छ र वा यस्तो विकराल अवस्थामा लगानीकर्ता शेयर बजारमा कसरी आकर्षित हुन सक्छन् र ? त्यसकारण १५ करोडको सीमा सहायक हैन बजार अवरोधको मूख्य कारण नै हो भन्ने मेरो धारणा हो ।

बजारमा भएका केही ठूला लगानीकर्ताले लामो समयको लागी लगानी गरेर बसेको छ । तिनीहरुपनि सीमित मात्रामा छन् । नयाँ तर ठूलो लगानी गर्न चाहनेहरूको लागी बैंकले आवश्यक लोन दिनै सक्दैन यता फेरि बैंकमा तरलता बढेर हैरानी भएको अवस्था छ । व्यक्तिको आफ्नो क्षमता जति छ त्यति नै खरिदबिक्री गर्ने हो तर साना लगानीकर्ताले किन्ने र बेच्नेमा हतार गर्छन् यस कारण ठूला लगानीकर्ताको लागी शेयर बजारमा आवश्यक ठाउँ नै बनेको छैन  भने साना लगानीकर्ताको चुलबुले कामले बजार लामो समय उच्च बिन्दुमा जानै सक्दैन ।

https://aarthikvoice.com/archives/42093

अर्को यहाँले भनेको धितोपत्र अध्यक्ष नियुक्तले बजारलाई सघाउ पुर्याउन सक्छ भन्ने जुन प्रश्न छ त्यो हालको समयमा त्यतिविधि सान्दर्भिक छ जस्तो लाग्दैन् । किनकी बोर्ड अध्यक्षले गर्ने काम भनेको बोर्डमा लामो समयदेखि रोकिएको काम हो। उनको आगमनले  बजारलाई त्यतिविधि प्रभाव पार्दैन । यसकारण बोर्ड अध्यक्ष नियुक्तिले बजार बढ्नु घट्नुमा खासै अर्थ छैन । बरु मौद्रिक नीति अगाडि नै नियुक्ति भइदिएको भए उहाँले शेयर बजारको समस्या सबै सुनेर मौद्रिक नीति मार्फत हल गर्न दबाब दिने हो तर उहाँको नियुक्ति पछाडि भयो । अब अर्को मौद्रिक नीतिको समय कुर्नुको विकल्प छैन ।

हालको अर्को समस्या भनेको केही मात्रामा बजार बढ्दा नाफा बुक गर्ने र बजार घट्न थाल्ने बित्तिकै आत्तिएर बेची हाल्ने अस्थिर प्रवृत्ति हो । यसले बजारलाई लयमा जान बन्देज गर्छ । बजारले २८ सयको बिन्दुसम्म कट्न नपाउँदै फेरि ओरालो यात्रा तय गरेको छ । ठूला लगानीकर्ताको मनोबल उच्च हुने आधार छैन। बजारमा ठूला लगानीकर्ताको आकर्षण हुन नसक्दा बजारले गति सुर्धान सकेको छैन । यस्तो परिस्थितिमा यस्तै अस्तव्यस्त भएर बजार अगाडि बढ्ने अनुमान अवस्था देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?