National life

स्टार्टअप नीति पारित हुनु सकारात्मक हो, सरकारलाई धन्यवादः अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
507Shares
स्टार्टअप नीति पारित हुनु सकारात्मक हो, सरकारलाई धन्यवादः अध्यक्ष ढकाल
ncell

काठमाडौं। नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा अध्यक्ष चन्द्र ढकालले सरकारप्रति आभारी रहेको बताए ।

मंगलबार महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले नीति पारित भएपछि स्टार्टअप विस्तारले गति लिने बताएका छन् । दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई बुझाएको र केही दिनअघिको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ढकालको भनाई छ।

‘विकसित देशमा स्टार्टअप स्थापित भएसँगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविकै हो किनकि व्यवसायमा नयाँ सोच प्रार्दुभाव भइरहेको र स–सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसाय उदाउँदै गर्दा तिनको सञ्चालन कसरी र केका आधारमा भइरहेका छन् भन्ने राज्यको चासो देखिएको छ’, उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेठ २ को मन्त्रिपरिषद बैठकले स्टार्टअप नीति पारित गरेको थियो।

अध्यक्ष ढकालले भने, ‘नीति आउनु महासंघ तथा समग्र निजी क्षेत्रका लागि महत्त्वपूर्ण छ किनकि यसका लागि हामीले निरन्तर विभिन्न माध्यमबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै आएका थियौं।’

नीतिले अंगिकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमबारे अध्यक्ष ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसाल सहभागी कार्यक्रममा महासंघ सचिवालयमा नीति संवाद आयोजना गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?