National life

'हकदारी सारी' गाडिने भाइबन्धुको जग्गा बाँडफाँडमा हो, सिमानामा होइन : अध्यक्ष बुढा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
797Shares
'हकदारी सारी' गाडिने भाइबन्धुको जग्गा बाँडफाँडमा हो, सिमानामा होइन : अध्यक्ष बुढा
ncell

काठमाडौं । यतिबेला तमानखोला गाउँपालिका बागलुङ र मालिका गाउँपालिका म्याग्दीको सिमानासँग जोडिएको शोलेडाँडाको विषयमा थप विवाद चर्किएको छ । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित शोलेडाँडा दुई जिल्लामध्ये कसको भन्ने विवाद उत्कर्षमा पुगेको हो ।

प्राकृतिक सौन्दर्यले निकै लोभलाग्दो रहेको यो डाँडा हिमाल तथा सूर्योदय र सूर्यास्त हेर्न पुग्नेहरूको गन्तव्य हुँदै आएको छ । शोलेडाँडामा तमानखोला गाउँपालिका बागलुङले शहिद स्मृति पार्क, चौतारी, लव पोखरी पानी धारा, शौचालय लगायतको संरचना निर्माण गरिसकेको छ भने मालीका गाउँपालिका म्याग्दीले संरचना थप गर्न थालनी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केही दिन अगाडि मात्रै मालीका गाउँपालीका म्याग्दीले आफ्नो सिमाक्षेत्र दाबी गर्दै पक्की गेट निर्माण कार्य थालनी गरेकोमा तमानखोला गाउँपालिका वडा नं.४ लाम्मेलाले उक्त गेट निर्माण स्थल म्याग्दीको नभएर बागलुङको भएको दाबी गर्दै अवरोध गरेको थियो । त्यसपश्चात् उक्त विषय थप चर्किएको हो।

बागलुङले अवरोध गरेको केही दिन पश्चात् गत असार ०१ गते म्याग्दीको मालिका गाउँपालिकाको कार्यपालिका बैठक शोलेडाँडामा सम्पन्न गर्दै म्याग्दीले उक्त स्थानमा पुनः गेट निर्माणको काम अगाडि बढाएसँगै उक्त सिमानाको विषय थप विवादास्पद भएको हो । सिमाना विवाद समाधानमा दुवैपक्षबिच सहमति नहुँदा आज (बिहीबार) जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा दुई पक्षबिच छलफल भएको हो।

छलफलमा सिमाना विवादको विषयमा समझदारी, समन्वय र कानुनी प्रक्रियाबाट समाधानको बाटो खोज्ने भन्दै दुवै जिल्लाका समन्वय प्रमुख, सिडिओ, सुरक्षा प्रमुख र दुवै पालिकाका जनप्रतिनिधिबिच छलफल भएको थियो । मालीका गाउँपालिका म्याग्दीले आफूहरूले निर्माण गरेको संरचनामा मनोमानी रूपमा आफ्नो पालीकाको नाम लेख्ने काम गरेको भन्दै तमानखोला बागलुङले उक्त भित्ते लेखन नमेटेसम्म बैठकमा नबस्ने भन्दै बहिस्कार गरेको हो ।

म्याग्दी जिल्ला समन्वय समिति प्रमुख कमलप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकमा दुबैपक्षले आफ्नो दाबी नछोडे पश्चात् बैठक आगामी असार १६ गते पुन:आह्वान गर्ने सहमतिमा टुङ्गिएको हो । बैठक समापन पश्चात् आर्थिक भ्वाइसलाई जानकारी दिँदै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले हकदारी सारी (सीमा ढुङ्गा) गाड्ने काम भाइबन्धुको जग्गाजमिन बाडफाड्मा मात्रै हुने तर जिल्ला सिमानामा गाड्नु हास्यास्पद भएको बताएका छन् ।

"हामीले म्याग्दीले उक्त स्थानमा संरचना निर्माण गर्न पाइँदैन भनेर कहिल्यै भनेका होइनौ तर बागलुङतर्फबाट प्रवेश गर्ने घाटीमै गएर गेट निर्माण गर्न खोज्नु त निहुँ खोजे जस्तो भयो! राजनीतिक संस्कार पनि भएन । उहाँहरूले गेट निर्माणको बहानामा जिल्ला सीमा वर्गीकरण गर्न खोज्नुभएको छ, शोले आफ्नो कोल्टामा पार्ने खेल रच्नुभयो जुन असान्दर्भिक छ । हाल उक्त स्थानमा बाटो बिस्तार हुने चरणमा छ । सोही स्थानको विकासका लागि भनेर संघ र प्रदेशबाट ३० करोड र १५ करोड विनियोजन भएको छ । गेट निर्माण गर्दा भोली बाटो बिस्तारमा अवरोध हुन्छ यसकारण हामीले गेट होइन अन्य संरचना निर्माण गर्नुस् भनेको हो।" अध्यक्ष बुढाले भने

सिमानामा गएर सारी गाडिनु अराजक र हास्यास्पद भएको भन्दै यस्तो कार्य केबल दाजुभाइको अंशबन्डा बाड्फाडमा सुहाउने प्रतिक्रिया दिएका छन् । तमानखोलाले निर्माण गरेको संरचनामा कुनै छलफल, सहमति नगरेर म्याग्दीको नाम टाँस्नु निहुँ खोज्ने प्रवृत्ति भएको भन्दै उक्त भित्ते लेखन हताउन एक दिन समय दिएको अध्यक्ष बुढाले जानकारी दिएका छन् ।

यता मालिका गाउँपालिका म्याग्दीका अध्यक्ष वेग प्रसाद गर्बुजाले भने उक्त सिमाना विवाद विषयमा भोली ( शुक्रवार) दुई पालिकाबिच शोलेडाँडामा छलफल भएको र त्यसपश्चात् मात्रै आफूले प्रतिक्रिया राख्ने जानकारी दिए ।

वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि सोलेडाँडा धेरैको रोजाइमा पर्ने गरेको छ। उक्त स्थानबाट  बागलुङ र म्याग्दीका धेरै गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ्रे लगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सोलेडाँडामा म्याग्दी र बागलुङ दुवैतिरबाट घुम्न आउने गरेको स्थानीयको भनाई छ।

उक्त स्थानममा तमानखोला गाउपालीका बागलुङले दोस्रो जनआन्दोलनका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्ती मगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?