National life

हाल कोमामा रहेको खानेपानी संस्थान नाफामा ल्याएरै छोड्छु: मन्त्री यादव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
489Shares
हाल कोमामा रहेको खानेपानी संस्थान नाफामा ल्याएरै छोड्छु: मन्त्री यादव
ncell

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको उल्लेख गदै त्यसलाई नाफामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भनेर गम्भीर भएर काम गर्नुपर्ने अवस्था आएको धारणा राखेका छन् ।

मन्त्री यादवले पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरू सर्वसाधारणले गर्ने गरेको भए पनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कल सेन्टरको स्थापना गरेर भए पनि जनताका समस्या समयमै समाधान गर्न उनले निर्देशन दिएका हुन् ।

साथै, सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिएका छन् ।

खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाई छ । ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ। घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो‚’ मन्त्री यादवले भने,

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?