काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मंगलवार बरामद गरिएको २५ करोड अवैध रकम कुनै भरियाको हुन नसक्ने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले विगतदेखि नै भरिया मात्रै समात्दै आइरहेको भन्दै
मालिक समातेर देखाउन सरकारलाइृ चुनौति दिएका छन् । उनले भने, ‘यो सुन तस्करको पैसा हो। अहिले सबै तस्करीहरू बढेका छन्।
जहिले पनि किलोका किलो सुन समातिन्छ। तर मालिक समातिँदैन। छानबिन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाभी लगाएर आफैँसँग राख्छ सार्वजनिक गर्दैन।’
उनले सुन प्रकरणका छानबिन समितिको प्रतिवेदनहरू सदनमा पेस गर्न समेत माग गरेका छन् ।


































