National life

५ सम्म स्थानीय तह ८ जिल्ला र १० को परिक्षा प्रदेशको उपस्थिति हुनुपर्छः सांसद बडू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
430Shares
५ सम्म स्थानीय तह ८ जिल्ला र १० को परिक्षा प्रदेशको उपस्थिति हुनुपर्छः सांसद बडू
ncell

काठमाडौं। विद्यालय शिक्षा विधेयकमाथि आज दफावार छलफल भएको छ । उक्त दफावार छलफलमा बोल्दै बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताएका छन् ।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौं भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भने ।

बडूको परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?