National life

मेयर बालेनको प्रश्न : दुई वर्ष अगाडि नै उद्घाटन भएको धरहरा कसरी निर्माणाधीन भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
603Shares
मेयर बालेनको प्रश्न : दुई वर्ष अगाडि नै उद्घाटन भएको धरहरा कसरी निर्माणाधीन भयो ?
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई वर्षअघि नै उद्घाटन भएको धरहरा अहिलेसम्म कसरी निर्माणाधीन रहेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रश्न खडा गरेका छन् ।

धरहरामा सुरु गरिएको निःशुल्क पाकिइगलाई तत्काल हटाउन पत्र आएसँगै मेयर बालेन ले आक्रोश पोखेका छन् । बालेन ले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै दुई वर्ष ९ महिना २० दिनअघि नै तत्कालीन प्रधानमन्त्रीबाट उद्घाटन भएको सेतो टावरमा पार्किङ खुल्ला गर्दा धरहरा निर्माण हुँदै गरेकाले पार्किङ बन्द गर्नुपर्ने पत्र आएको बताएका जानकारी गराएका छन् ।

बालेन ले उद्घाटन भएको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के भन्दै खुला रूपमा प्रश्न गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी भन्छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

सँगै उनले तोकिएको समयमा निर्माण भई नसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्घाटन हुने जस्तो प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि माग गर्दै ब्यग्य प्रहार गरेका छन् । बालेन ले संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले निर्माण पुरा नहुँदै उद्घाटन गर्नु भ्रष्टाचार भएको नीति पारित गर्न जरुरी भएको बताएका छन् । उनी लेख्छन्, ‘निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कु प्रवृत्तिलाई निरुत्साहित गरौँ।’

विकासमा राजनीतिक नेतृत्वको झेल: निर्माण नसकिँदै उद्घाटन, बिना तयारी शिलान्यास, भ्रम छर्न ओली खप्पिस सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न पनि आग्रह गरेका छन् ।

सँगै बालेन ले धरहराको भुईतलामा सुरु भएको पार्किङ बन्द नहुने र महानगरको पहलमा अहिलेका लागि निशूल्क सञ्चालन हुने र थप व्यवस्थापन गर्दै लैजाने बताएका छन् । धरहराको पाकिंगमा ठेक्का लगाएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएका कारण महानगरमा आफू रहुन्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने पनि बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?