National life

राजस्व परिचालनलाई प्रभावकारी बनाउन निरन्तर प्रयासरत छौंः अर्थमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
580Shares
राजस्व परिचालनलाई प्रभावकारी बनाउन निरन्तर प्रयासरत छौंः अर्थमन्त्री
ncell

काठमाडौँ। सरकारको राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने अर्थमन्त्री महतले घोषणा गरेको छ।

आज सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले खर्च व्यहोर्ने प्रमुख स्रोतको रुपमा रहेको राजस्व परिचालनलाई प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।

मन्त्री महतले भने, ‘व्यवसाय र लगानीमैत्री कर नीति लिइनेछ। कर प्रणाली पुनरावलोकन गर्न गठित समितिको सुझाव समेतका आधारमा कर प्रणालीमा सुधारका कार्य अघि बढाइनेछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राजस्व प्रशासनमा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी राजस्व प्रशासनको व्यवसायिकता अभिवृद्धि र करदाताको व्यवसायिक लागत घटाउने गरी कर प्रणाली सुधारका कार्य अघि बढाउने अर्थमन्त्री महतको भनाई छ ।

्करको दायरामा नआएका नयाँ व्यवसायिक क्षेत्र लक्षित गरी बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइने उनको भनाइ रहेको थियो । कर चुहावट नियन्त्रणमा संस्थागत समन्वय सुदृढ बनाइने महतले बताएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?