काठमाडौँ। राजावादी आन्दोलनमा प्रहरी दमन गरेसँगै राजावादी नेताहरूले आपत्ति जनाएका छन् । प्रहरीले राजावादीको सभा हुने मञ्चमा ताकेर अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निर्मम दमन गरेको छ । जनसभा भाँड्ने उद्देश्यले मञ्चमै आक्रमण गरियो ।
घरका छतहरूबाट पनि मञ्चमा ताकेर ढुङ्गा प्रहार भएको छ । ती प्रहरी हुन् कि माओवादी कार्यकर्ता एक नेताले आक्रोश पोख्दै भने ।
राजावादी सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आइसकेका थिए। उनी मञ्चमा उक्लिनासाथ ताकेर अश्रुग्याँस हानिएको थियो । त्यसपछि उनलाई स्वयंसेवकहरूले सुरक्षित स्थानमा लगेका छन्।
राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणा लगायत भने मञ्चमै छन् । तर, उनीहरू असुरक्षित रहेको उनीहरूको भनाई छ । प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारी घाइते भएका छन् । दुई जना गम्भीर घाइते प्रदर्शनमा सहभागी एक नेताले जानकारी दिए ।


































