National life

शेयर बजारमा मूल्य र इन्डेक्सको उतारचढाव स्वाभाविक प्रक्रिया हो फुल्लेलः (सुझावसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० फागुन २०८१, मङ्गलबार
932Shares
शेयर बजारमा मूल्य र इन्डेक्सको उतारचढाव स्वाभाविक प्रक्रिया हो फुल्लेलः (सुझावसहित)
ncell

काठमाडौँ । नेपाली शेयर बजारमा लगानीकर्ताको छोटो समयमा भारी नाफा कमाउने सोच हाबी भएको देखिन्छ । शेयर बजारमा सामान्य गिरावट आउँदा लौ घट्यो बरबाद भयो भन्ने र अलिकति बढ्न थाल्दा बित्तिकै तीव्र रूपमा नाफा बुक गर्नेको सङ्ख्या बढ्न जाँदा शेयर बजारमा अन्यौलता छाएको छ ।

यस किसिमको गतिविधिले शेयर बजारमा दीर्घकालीन सुधार नआउने जानकारहरूको भनाई छ । बढ्दो बजारको बिचबिचमा आउने सानातिना करेक्सनलाई स्वाभाविक मानिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
करेक्सनले बजारलाई थप बलियो बनाउने र अगाडिको लामो यात्राका लागि थप सहज बनाउने विश्लेषकहरूको धारणा छ । तर, ट्रेडरहरुले प्रोफिट बुक गर्ने होडबाजीको कारण बजार प्रभावित भएको देखिएको छ।

सोही सन्दर्भमा शेयर लगानीकर्ता तारा प्रसाद फुल्लेल ले शेयर बजारका लागि आवश्यक सुझाव दिएका छन् ।

प्रस्तुत छ उनको धारणा जस्ताको त्यस्तै:


१. धैर्य रहनुहोस:




बजारमा दैनिक उतारचढाव हुनु स्वाभाविक हो ! घबराएर हतारमा निर्णय नलिनुहोस !




२. अनुसन्धान (Research) गर्नुहोस:

• कुन कम्पनीको शेयर किन्ने वा बेच्ने भन्ने निर्णय राम्रो अनुसन्धानको आधारमा गर्नुहोस !

• कम्पनीको वित्तीय स्थिति, व्यवस्थापन, भविष्यको सम्भावना जस्ता पक्ष हेर्नुहोस !




३. दीर्घकालीन सोंच राख्नुहोस:

• बजारको छोंटो समयको उतारचढावमा मात्र ध्यान दिएर आत्तिनु हुँदैन !

• लामो समयको लागि लगानी गर्दा राम्रो प्रतिफल पाउने सम्भावना रहन्छ !




४. विविधीकरण (Diversification) गर्नुहोस:

• एउटै कम्पनी वा क्षेत्रको शेयर मात्र किन्दा जोखिम बढी हुनसक्छ !

• विभिन्न क्षेत्रमा लगानी गरेर जोखिम घटाउन सकिन्छ !




५. नाफा र घाटाको योजना बनाउनुहोस:

• कहिले नाफा लिने र घाटा सीमित गर्ने रणनीति बनाउनुहोस्।

• Stop-loss order जस्ता प्रविधिहरू प्रयोग गर्न सकिन्छ !




६. बजार मनोविज्ञान बुझ्नुहोस:

• बजारको प्रतिक्रिया कहिलेकाहिं अतिरञ्जित हुन सक्छ !

• भीडको पछाडि नलागी आफ्नै रणनीति बनाउनुहोस !




७. नियमित बजार अपडेट लिँदै जानुहोस:

• आर्थिक नीतिहरू, अन्तर्राष्ट्रिय बजार प्रवृत्ति, ब्याजदर परिवर्तन जस्ता कुराले बजारलाई असर पार्न सक्छ, सो सम्बन्धि जानकारी राख्नुपर्दछ !

• यदि अनिश्चित महसुस गर्नुहुन्छ भने वित्तीय परामर्शदातासँग सल्लाह लिन सक्नुहुन्छ !



शेयर बजार अवसरले भरिपूर्ण छ, तर सही ज्ञान, अनुशासन, र धैर्य बिना सफलता प्राप्त गर्न गाह्रो हुन सक्छ !

यो समाचार शेयर गर्नुहोस्
932SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?