National life
cg eloctronics

सरकार पुँजीबजारको निमित्त पुरापुर उदासीन देखिएको छ : विश्लेषक ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
1.2kShares
सरकार पुँजीबजारको निमित्त पुरापुर उदासीन देखिएको छ : विश्लेषक ढकाल
muktinatha bikash bank

काठमाडौं । गत वर्ष २०८० सालभर लगानीकर्तामा खासै ऊर्जा थप्न सफल नभएको सेयर बजारले ८१ सालको प्रारम्भमा समेत सुधारको संकेत देखाउन सकेको छैन ।

सरकार समिकरण पश्चात् नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको आगमनले सेयर बजारमा सुधार आउने अपेक्षा आम लगानीकर्तामा चुलिएको थियो तर मन्त्री पुनको आगमन पश्चात् समेत बजारले सुखद पक्ष देखाउन सकेको अवस्था छैन । वर्ष फेरिएसँगै शेयर बजारमा नयाँ लहर छाउने अपेक्षा बोकेर बसेका लगानीकर्ताको सपनामा तुसारापात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सेयर बजार बढ्ने प्रशस्त कारण हुँदै गर्दा समेत बजारमा किन सुधार आउन सकेको छैन ? अर्थात् दिनप्रतिदिन बजार घटिरहनुको कारण के हो ? यो आम लगानीकर्ताको साझा प्रश्न बनेको छ। यही प्रश्न नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष समेत रहेका सेयर विश्लेषक तुलसीराम ढकाललाई गर्दै गर्दा ढकाल भन्छन् 'मुख्य विषय सेयर घट्यो बढ्यो को हैन बरु मुख्य विषय त के हो भने त्यसको प्रभावको कारण के हो ? भन्ने हो । अर्थात् किन घटिरहेको वा बढिरहेको छ भन्ने हो ।  हाल पुजी बजारप्रति सरकार निकै उदासीन बनेको प्रस्ट छ , वर्तमान अवस्थामा सरकारलाई पुजिबजार प्रति कुनै चासो वा चिन्ता छैन भन्ने प्रस्ट हुने केही ज्वलन्त उदाहरणहरू छन् । धेरै टाढा नगएर धितो पत्र बोर्डको रित्तो संस्था, अभिभावक विहीन संस्था हेर्दा पुग्छ ।'

सेयर बजार अर्थतन्त्र सुधारको एक महत्त्वपूर्ण हिस्सा हो भन्ने सरकारले बुझ्न नसकेको ढकालको आरोप छ ,
everest bank
हाल बजारमा देखिएको मुख्य निराशा र गिरावटको कारण नै पोलेसी रहेको अध्यक्ष ढकालको जोड छ । यो समयमा छिमेकी राष्टहरुको सेयर बजारले उच्च विन्दु कायम गरेको अवस्था छ। तर नेपालको सेयर बजार भने अहिलेपनि निकै तल्लो र निराशाजनक विन्दुमै सीमित छ। लगानीकर्ताहरूले अहिले गर्ने गरेको एउटै प्रश्न नै यही हो, नेपालको सेयर बजार किन बढ्न सकेन ?

अध्यक्ष ढकालले आफ्नो भनाइमा थप गर्दे भन्छन् ''हाल सरकारले पुजिबजारलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ जबसम्म यो स्थिति कायम रहन्छ तबसम्म बजार सुधारको अपेक्षा बोकेर बस्नु बेकार हो । जहाँ पोलेसि बन्नुपर्छ त्यही ठाउँमा बेवास्ता भएपछि कसरी सुधारको बाटो खुल्न सक्छ ? , ढकालले सरकारप्रति प्रश्न खडा गरेका छन् ।''

बजारमा सुधार देखिनको लागि पहिलो सुधार सरकारमा देखिन आवश्यक छ । यो सरकारले महसुस गर्नुपर्दछ
लगानीकर्ता पर्ख र हेरको अवस्थामा अलमलिएका छन् , दिनप्रतिदिन आएको बजारको गिरावटको कारण लगानीकर्ताले बिस्तारै बजारबाट हात झिक्ने अवस्था बनेको छ । एकपछि अर्को निराशाको कारण बजार खासै चलायमान हुन सकेको अवस्था छैन । 'ढकाल भन्छन् बजारमा निरन्तर गिरावट आउनुको अर्को कारण अर्थ मन्त्रालय, राष्ट बैंक र धितो पत्र बोर्डको तालमेल नमिल्नु पनि हो ।' निरन्तर ३,४ महिना नेतृत्व विहीन रहेको धितो पत्र बोर्डको अध्यक्ष हालसम्म पनि नियुक्त गर्न नसक्नु सरकारको सबैभन्दा ठुलो कमजोरी देखिएको छ । अर्थ मन्त्रालयलाई सेयर बजार राजश्व संकलनको एक दरिलो हिस्सा हो भन्ने कुराको आभास भएको पाइएको छैन।
सरकार पुजिबजारको निमित्त पुरापुर उदासीन देखिएको अवस्था छ ।
लगानीकर्ताको मास साइकोलोजी कमजोर बन्दै जाँदा बजारले लय समात्न नसकेको साँचो हो तर मुख्य विषय किन लगानीकर्ताको मनोबल कमजोर बन्यो त्यसको जिम्मेवार पक्ष को हो ? यो निराशालाई चिर्न हाम्रो भूमिका के हुन सक्छ भन्ने विषयमा सरकार चिन्तित हुन नसकेको अध्यक्ष ढकालको आरोप छ ।

सरकारले अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष चयन गरेर अगाडि जानुको अर्को विकल्प छैन , लगानीकर्ताले समस्या र माग बोकेर जाने ठाउँ आज रित्तो गुफा बनेको छ । बजेट आउने सँघारमा समय उभिएको छ , मौद्रिक नीतिको समीक्षाको समय खडा हुन थाल्यो तर बजारप्रति सरकारको कुनैपनी चासो र चिन्ता देख्न सकिएन , अध्यक्ष ढकालले निराशा व्यक्त गरेका छन् ।

सत्ता र शक्तिको लडाइँमा जनतालाई सिकार बनाउनुहुन्न हामीलाई चाहिएको लगानी मैत्री वातावरण निर्माण गर्न सक्ने , अहिलेको समयमा पुजिबजार हाँक्न सक्ने र लगानीकर्ताको मनोबल उठाउन सक्ने अभिभावक हो तर सरकारको कहाँ भागबन्डा मिलेको छैन थाहा छैन, सरकार र शक्तिको लालचले हाम लगानीकर्तामा निराशा जगाउनु सबैभन्दा दुखद पक्ष हो ढकालले आक्रोश भाव पोखेका छन् ।

अहिले पुजिबजारका केही नीतिगत कारणले समेत लगानीकर्तामा निराशा थपेको छ हाल कायम रहेको क्याप, सरकारको केही अप्ठ्यारो नीति आदीको कारण पनि अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । लगानीकर्ताको मनोबल माथि नआउँदासम्म बजार खुकुलो बन्ने अवस्था देखिँदैन तर अहिले लगानीकर्ताको मनोभाव बुझ्ने कुनै नीति वा पोलेसि नै देखिएन म सरकारलाई भन्न चाहन्छु तपाइहरूलाई तलब भत्ता खुवाउन जनता अझै कति रित्तिन पर्ने हो ? हाम्रो अभिभावक सरकार भएपछि सरकारले अभिभावकत्वको अपनत्व बोध गर्नु पर्छ  पर्दैन ? ढकालले निराशा पोखेका छन् ।

लगानीकर्ताले छिटो प्रतिफल पाउनका लागि जोखिम मोलेर सेयर बजारमा लगानी गरेका हुन्छन् । सेयर बजार कुन बिन्दुसम्म घट्छ रु अथवा न्यूनतम बिन्दु कुन हो रु भनेर यकिन तथ्याङ्क त दिन सकिँदैन, तर पनि राजनीतिक, आर्थिक र प्राकृतिकका साथै अन्य विविध कारणले सेयर बजारलाई नकारात्मक तथा सकारात्मक दुबै असर र अवसर प्रदान गरिरहेको हुन्छ ।

विगत वर्षहरूको तुलनामा गएका दुई वर्ष सेयर बजारमा सकारात्मकभन्दा नकारात्मक असर बढी देखिन्छ । त्यसैले निरन्तर रूपमा सेयर बजार ओरालो लागेको लाग्यै छ । विगत केही समयदेखि निरन्तर रूपमा घट्दै गइरहेको सेयर बजारले लगानीकर्ताहरूलाई हतोत्साहित बनाएको छ । सेयर बजार निरन्तर ओरालो लाग्नाले लगानीकर्ताहरू धेरै नै चिन्तित देखिन्छन् । वास्तवमा भन्ने हो भने धैर्य गर्न सक्ने लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिक अवस्थामा देखिन्छन् । धैर्य गर्न नसक्ने लगानीकर्ताहरू घाटामा नै भए पनि बेचेर लगानीलाई सुरक्षित गर्न खोजिरहेका देखिन्छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?