National life

देशका छुट्टाछुट्टै स्थानबाट २२ जना जुवाडे पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
599Shares
देशका छुट्टाछुट्टै स्थानबाट २२ जना जुवाडे पक्राउ
ncell

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट २२ जुवाडे पक्राउ परेका छन् । भक्तपुर, लमजुङ र तेह्रथुमबाट २२ जना जुवाडे पक्राउ परेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १ स्थित बसपार्कमा पार्किङ गरिराखेको बसमा तास खेल्ने ९ जना पक्राउ परेका छन् । बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूलाई ७२ हजार ५ सय ४५ रूपैयाँ नगद र २ बुक ताससहित मंगलवार पक्राउ गरेको हो ।

त्यसैगरि, लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरास्थित ए वान होटलमा जुवातास खेलिरहेको अवस्थामा २९ वर्षीय कुमार रानासहित ७ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई ७६ हजार ६ सय ३५ रूपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जनालाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई २९ हजार २ सय १ रूपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?