काठमाडौँ । खोला किनाराको थप २० मिटर मापदण्ड लागू गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।
खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्च अदालतले गरेको निर्णय र फैसला कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको तयारी विरुद्ध प्रदर्शन भएको हो । खोला किनाराको थप २० मिटर मापदण्ड लागू गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो ।
पीडितहरूले ’जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हन् ।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ ।


































