National life

धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
813Shares
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)
ncell

काठमाडौँ। नेपाल धितो पत्र बोर्डले आज चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बोर्डले चालु आवको बजेट वक्तव्यमा समावेश भएका पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई मुख्य आधारको रूपमा लिएको उल्लेख गरेको छ । सरकारको १६औँ पञ्च वर्षीय योजनामा समावेश भएका पुँजी बजारसम्बन्धी रूपान्तरणकारी रणनीति तथा प्रमुख कार्यक्रमलाई आधार बनाएको बोर्डको भनाई छ ।

बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिने, धितो पत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत गलत अभ्यासलाई निरुत्साहित गरिने, धितो पत्र बजार र धितो पत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गर्दै लगिने लगायतका नीति तथा कार्यक्रम ल्याएको  जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरि धितो पत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानूनलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरूप समयसापेक्ष बनाउने र धितो पत्र बोर्ड तथा धितो पत्र बजार सम्बन्धी छुट्टाछुट्टै ऐन तर्जुमा गर्ने कार्य अगाडि बढाइने, हरित वण्ड, ऊर्जा वण्ड लगायत अन्य नवीन वित्तीय औजारहरूको निष्काशन तथा कारोबारको सहज एवं भरपर्दो व्यवस्था गर्न आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/07/FfuhcDIS3aGuKYeRtKT0OV0IU0e5QKEvMavLkNIB.pdf"]

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?