National life

नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी कार्यविधि सार्वजनिक,यी हुन मापदण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
708Shares
नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी कार्यविधि सार्वजनिक,यी हुन मापदण्ड
ncell

काठमाडौँ : ‘नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि अर्थ मन्त्रालयले सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।

बोर्डमा लामो समयदेखि रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितो पत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ।

बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने कार्यविधिमा उल्लेख छ। बोर्डको अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितो पत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका योग्य प्रतिष्ठित व्यक्ति हुनुपर्ने योग्यता कायम गरिएको छ ।

साथै, आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उम्मेदवारको मूल्याङ्कनका लागि १०० पूर्णाङ्कलाई विभिन्न अंक भारमा विभाजन गरिएको छ । जसमा व्यावसायिक कार्य योजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णाङ्कमा मूल्याङ्कन हुने मन्त्रालयले जारी गरेको सिफारिस सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?