National life

कुल ७६ कम्पनी आइपिओको पाइप लाइनमा, जलविद्युत् समूहतर्फ सबैभन्दा बढी, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
1.4kShares
कुल ७६ कम्पनी आइपिओको पाइप लाइनमा, जलविद्युत् समूहतर्फ सबैभन्दा बढी, कुनको कति ?
ncell

काठमाडौं । नेपाल धितो पत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको १० महिनामा विभिन्न कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन अनुमति पाएका छन् । भने सोही समय अवधिमा ७६ कम्पनी आइपिओको पाइप लाइनमा रहेका छन्।

बोर्डका अनुसार जलविद्युत् समूहतर्फ वटा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन्। यो संख्या सबैभन्दा धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइपिओको निष्कासनको पाइप लाइनमा क्रमशः हिमपर्वत ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, यमलिङ हाइड्रोपावर लिमिटेड, मबिलुङ हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड, कालिन्चोक हाइड्रोपावर लिमिटेडलगायतका कम्पनीहरू छन् ।

साथै, उत्पादन तथा प्रशोधन समूहतर्फ १७ कम्पनीको आइपिओ पाइप लाइनमा रहेको छ । वोर्डका अनुसार एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्ड्रस्ट्रिज लिमिटेडलगायत कम्पनी रहेका छन् । भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टिल्स लिमिटेड लगायतले आइपिओ ल्याउने तयारीमा रहेका छन् ।

त्यस्तै, होटल तथा पर्यटन समूहअन्तर्गत ५ वटा कम्पनीको आइपिओ पाइप लाइनमा रहेका छन् । यो समूहमा होटल फरेस्ट इन लिमिटेड, बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड, वारनाबास मुसुएम होटल लिमिटेड, माउन्टेन ग्लोरी लिमिटेड आइपिओ निष्कासनका लागि पाइप लाइनमा छन् ।

साथै, यस अवधिमा अन्य समूहका १० कम्पनीको आइपिओको पाइप लाइनमा रहेको बोर्डले जनाएको छ। जस अन्तर्गत डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स हस्पिटल) लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकोप्टर सर्भिस लिमिटेड, झापा इनर्जी लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्ड्रस्टिज लगायतका कम्पनी रहेका छन् ।

कुल ७६ कम्पनीले ५२ अर्ब ४८ करोड १६ लाख १३ हजार २३२ रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेका छन् । ७६ कम्पनीले अनुमति पाएमा ३६ करोड ८७ लाख २९ हजार ४०१ कित्ता सेयर बजारमा बिक्रीका लागि खुल्नेछ । पाइप लाइनमा रहेकामध्ये सबैभन्दा धेरै ३६ जलविद्युत् आयोजनाले १७ अर्ब ८९ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको १७ करोड ९९ लाख ११ हजार ४८५ कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

त्यस्तै, उत्पादन तथा प्रशोधनतर्फका १७ कम्पनीको २४ अर्ब ७९ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको ११ करोड ३१ लाख ७२ हजार १३२ कित्ता सेयर पाइप लाइनमा छ । यस्तै, अन्य समूहका १० कम्पनीको ३ अर्ब ४२ करोड १२ लाख ५२ हजार ९०० रुपैयाँ बराबरको २ करोड ७४ लाख ९० हजार ५२९ कित्ता सेयर पाइप लाइनमा छन् ।

यस्तै, ३ माइक्रो इन्स्योरेन्स कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता तथा एक माइक्रो फाइनान्स कम्पनीको ८० लाख बराबरको ८० हजार कित्ता सेयर आइपिओको पाइप लाइनमा छ । भने सालपा विकास बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको १७ लाख २३ हजार कित्ता आइपिओ पनि पाइप लाइनमा रहेको धितो पत्र बोर्डले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?