काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज सार्वजनिक विदाको दिन पनि केही बैंकहरुले बैंकिङ्ग सेवा दिरहेका छन् । आज एनएमबि बैंक, नेपाल बैंक, माछापुछच्छ्र बैंक, लक्ष्मी सनराइज बैक, कुमारी बैंक लगायतका बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।
सरकारले हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएको हाे ।
रक्षाबन्धन भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो । रक्षाबन्धन खास गरेर हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व हो । आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।







































