National life

सिटिजन्स बैंकद्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाक वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
801Shares
सिटिजन्स बैंकद्वारा विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाक वितरण
ncell

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।

उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोसाक प्रदान गरेको जनाएको छ ।

विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप विद्यार्थीहरूलाई सामाग्रीहरू हस्तान्तरण गरेका हुन। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यार्थीहरू देशको भविष्यका कर्णधार भएका र उनीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम.र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?