National life

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीका विद्यार्थीलाई मिड–डे मीलमा सहयोग

विद्यालयस्तरमा पोषण कार्यक्रम, मुक्तिनाथ विकास बैंकको समर्थन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.3kShares
मुक्तिनाथ विकास बैंकद्वारा धनगढीका विद्यार्थीलाई मिड–डे मीलमा सहयोग
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा (Centralized Kitchen) प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५,००० विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकले लिएकोे छ ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पु¥याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?