National life

‘अब शेयर मार्केट उकालो लाग्छ, ढुक्क भएर लगानी गर्नुहोस् ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
1.3kShares
‘अब शेयर मार्केट उकालो लाग्छ, ढुक्क भएर लगानी गर्नुहोस् ’
ncell

काठमाडौं । अबको २/४ दिनमै शेयर मार्केटले एउटा नयाँ फेज ल्याउने र केही समयमै मार्केट सहज हुँदै जाने नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले बताएका छन् । टेक्निकल रुपमा शेयर मार्केट घट्ने ठाउँ अब नभएको भन्दै उनले अब छिट्टै बजार उकालो लाग्दै जाने बताएका हुन् ।

‘सबै कुरा पोजेटिभ छ अब शेयर मार्केट उकालो लाग्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।’ आर्थिक भ्वाइससँग कुरा गर्दै उनले भने, ‘कोभिडको समयदेखि लगभग ५६/५७ लाख व्यक्तिहरू डिम्याटमा आएका हु्न् ।, डिम्याटमा आएका सबै लगानीकर्ताहरूमा परिपक्कता नभएका कारण पनि समस्या आएको छ, उनीहरू अपरिपक्क छन् ,आवेशमा आउँछन् , उचालिन्छन् पछारिन्छन् , जसले जता घुमायो त्यतै घुमिदिन्छन् , धैर्यता छैन , आत्तिने र मात्तिने बानीले यस्तो भएको हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको दोष र गुण हेरेर लगानी गर्ने हो। फण्डामेन्टल बजार राम्रो छ। राम्रो ठाउँमा लगानी गरेका छौँ भने आत्तिनु हुँदैन रौनियारले भने । सबैलाई समेट्ने खालको मौद्रिक नीति नआएकाले शेयर मार्केट खस्किँदो अवस्थामा रहेको समेत रौनियारले बताए । ‘ मौद्रिक नीतिमा लगानीकर्ताको पनि केही आशा थियो। सबैलाई समेट्ने गरी,ब्याजदर घट्ने गरी, जोखिम भार १५० को १०० गर्ने गरी आउला भन्ने थियो ।’ उनले भने, ‘ आयो पनि ,तर त्यसको केही बेरमा गभर्नर ज्युले पत्रकार सम्मेलन गरेर फरक तथा नेगेटिभ कुरा गरिदिएकाले लगानीकर्ता अलमलमा परेका हुन् ।’

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?