National life

अल्पकालीन कारोबारी हाबी हुँदा शेयर बजारमा लगातार गिरावट: नेप्से पुनः २६ सयको तहमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
664Shares
अल्पकालीन कारोबारी हाबी हुँदा शेयर बजारमा लगातार गिरावट: नेप्से पुनः २६ सयको तहमा
ncell

काठमाडौँ ।शेयर बजारमा लगातार रूपमा गिरावट आएको छ । शेयर बजारमा आज सहित पाँचौँ दिनसम्म गिरावट आएको छ ।

सोमबार नेप्से सूचक १०.९८ विन्दुले घटेर २६७७.३२ अंकमा अडिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
६ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । बाँकी सबै समूहका सूचकमा गिरावट आएको छ ।

नेप्से पुनः २६ सयको तहमा आएपछि लगानीकर्ताको मनोबल खस्किँदा सूचकसहित कारोबार रकम प्रभावित बन्न पुगेको हो। पछिल्लो समय बजार २७ सय बिन्दु नाघ्न खोज्दा विक्रेताहरूको हाबीले सूचक फेरि तल झरी रहेको हो ।

यस दिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, फाइनान्स समूहको १.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१७ प्रतिशतले शेयर मूल्य घटेको छ।

केन्द्रीय बैंक यतिबेला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा तयारीमा जुटेको छ। आर्थिक सूचकहरूका आधारमा मिलेसम्म लचक नीति लिने पक्षमा गभर्नर रहेको देखिन्छ। यद्यपि, केन्द्रीय बैंकले यसअघि नै कसिएका धेरै नीतिहरू खुकुलो बनाइसकेकाले अब धेरै नीतिमा लचक हुने ठाउँ भने नभएको जानकारहरूको भनाई छ ।

शेयर बजारमा अल्पकालीन कारोबारी नै हाबी भइरहेको कारण अलिकति नाफा हुँदा बेचिहाल्ने र पुनः खरिदका लागि थप मूल्य सस्तो हुने आशामा पर्खिने प्रवृत्ति हुने भएकाले बजारमा त्यसको केही प्रभाव पर्ने गरेको देखिको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?