काठमाडौँ । आनन्द राज शर्मा वाग्ले नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यमा सिए मनोनीत भएका छन्। आईक्यानले आफ्नो प्रतिनिधिको रूपमा उनलाई धितोपत्र बोर्डमा बोर्ड सदस्य मनोनीत गरेको हो।
उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का उपाध्यक्ष हुन्। सिए आनन्द राज शर्मा वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रवार स्वागत गर्नुका साथै शपथ ग्रहण गराएका छन्।
उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ (२० (ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो।



































