National life

नेप्सेमा १०.१४ अकंको गिरावट:  ८ उपसूचक राताम्य, ५ अर्बमा ओर्लियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
1.1kShares
नेप्सेमा १०.१४ अकंको गिरावट:  ८ उपसूचक राताम्य, ५ अर्बमा ओर्लियो कारोबार
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन समेत सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ताको मनोबल दैनिक रूपमा कमजोर बन्दै जाँदा बजार अस्थिर बनेको छ । आज फन्डामेन्टल रूपमा बलिया देखिएका कम्पनीहरूको सेयर मूल्यसमेत प्रभावित बनेको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्से सूचकसँगै दैनिक कारोबार रकम पनि न्यून देखिएको छ । सोमबार ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।

यस दिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले शेयर मूल्य घटेको छ। नेप्से निरन्तर घटेर पुनः २७ सयको मनोवैज्ञानिक विन्दु नजिक आएको छ ।

चैतका लागि पनि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । केहीले  घटाएका पनि छन् । यस आधारमा ब्याजदर निकै तल्लो विन्दुमा छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकले निरन्तर जसो बजारबाट पैसा तानिरहेको छ । यी कुराहरूले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अनुमान भए पनि बजारको दृश्य त्यस अनुरूप नबन्दा लगानीकर्तामा निराशा छाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?