National life

पुँजी बजार सुधारको ६ बुँदे माग राख्दै सेयर लगानीकर्ताले भेटे कांग्रेस सभापति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
1.2kShares
पुँजी बजार सुधारको ६ बुँदे माग राख्दै सेयर लगानीकर्ताले भेटे कांग्रेस सभापति
ncell

काठमाडौं । शेयर बजारको सुधारको माग गर्दै लगानीकर्ता संघ संघठनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ र लगानीकर्ता संघ नेपालका प्रतिनिधिहरुले कांग्रेसका सभापति देउवालाई भेट गरेका हुन् ।

बिहीबार देउवासँगको भेटमा लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि ६ बुँदे माग बुझाएका हुन ।उनिहरुले १२ करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिन समेत अनुरोध गरेका छन् । लगानीकर्तालाई अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोही अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

लगानीकर्ताले यहि माग राखेर पछिल्लो समय विभिन्न नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई भेट गरिरहेका छन् । यस भन्दा अगाडी प्रधामन्त्री पुष्प कमल दाहाल, अर्थमन्त्री डा. प्रकाशरण महत लगायतका नेताहरु सँग भेट गरिसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?