National life

बैंकबाट ऋण लिएर धमाधम सेयर किन्नेहरु बढेको बढ्यै, किन आक्रामक छन् ठुला लगानीकर्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ माघ २०८१, शनिबार
431Shares
बैंकबाट ऋण लिएर धमाधम सेयर किन्नेहरु बढेको बढ्यै, किन आक्रामक छन् ठुला लगानीकर्ता ?
ncell

काठमाण्डौं । पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम शेयर खरिद गर्ने लगानीकर्ताहरु बढेका छन् । मार्जिन प्रकृतिको कर्जा अर्थात शेयरधितो कर्जा प्रवाह झण्डै ३३ प्रतिशत बढेको देखिन्छ ।

नेपाल राष्ट्रबैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांकमा यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाहरुले पाँच महिनामै १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ शेयरकर्जा प्रवाह गरेका छन् । यो गतआर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा ३२.९५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने ८१ अर्ब १९ करोड ४ लाख मात्रै शेयरकर्जा प्रवाह भएको थियो । पछिल्लो समय ठूलो आकारको ऋण बैंकबाट लिएर शेयरमा लगानि गरेको तथ्यांकले पुष्टि हुन्छ ।

Royal Enfield
nic asia capital

उक्त अवधिमा सबैभन्दा धेरै १ एक भन्दा बढी सीमाको शेयरकर्जा बढेको देखिन्छ । यस्तो सीमाको कर्जा ४८.७८ प्रतिशत बृद्धि भई ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यसले बैंकहरुमा एक करोड भन्दा माथीको शेयरधितो कजाको माग बढेको देखाउछ । गत वर्षको मंसिर मसान्तसम्म भने बैंक तथा वित्तीय संस्थाले जम्मा ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यस्तै, ५० लाखदेखि १ करोडसम्मको शेयरकर्जा पनि झण्डै १७ प्रतिशत बढेको देखिन्छ । गत वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले यस्तो सीमाको कर्जा ११ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ प्रवाह भएको थियो । तर यो वर्षको सोही अवधिमा आइपुग्दा भने १६.७७ प्रतिशत बढेर १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

यता, २५ लाखदेखि ५० लाखसम्मको शेयरकर्जामा पनि ९.०५ प्रतिशत बढेको छ । गत वर्षको मंसिर मसान्तसम्म यस्तो सीमाको कर्जा १४ अर्ब १० करोड ६ लाख रुपैयाँ प्रवाह गरेका थिए । तर यस वर्षको सोही अवधिमा बढेर १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

लगानीकर्ताहरु ठूलो आकारको ऋण बैंकबाट लिएर शेयर बजारमा लगानी गरेको पाइन्छ । तर साना आकारका शेयरधितो कर्जा प्रवाह भने तुलनात्मक रुपमा भने सुस्त छ । अर्थात २५ लाख सीमाको शेयकर्जा प्रवाह भने सामान्य (२.१३) बढेको छ । समीक्षा अवधिमा यस्तो सीमाको कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ प्रवाह भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?