काठमाडौं। माण्डु हाइड्रोपावरको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गर्ने तालिका निर्धारण गरिएको छ ।
यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ ।
यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ असोज १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज १२ गतेसम्म बाहल रहनेछ ।


































