काठमाडौँ । साताको चौथौँ कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन सामान्य घटेको शेयर बजारमा आज २५.३१ अंकको सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०१.४८ बिन्दुमा कायम भएको छ।
त्यस्तै, आज ११ उपसूचकमा हरियाली आएको छ भने २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, फाइनान्स समूहको ३.२६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधवार बजार सकारात्मक लयमा फर्किएसँगै सर्वसाधारण लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ । बुल रन विश्वास गरिएको बजार फराकिलो अंकले घट्दा आम लगानीकर्तामा निराशा पैदा हुन लागिसकेको थियो । तर केही दिनयता नेप्सेले पुनः उक्त निराशालाई चिर्दै अघि बढ्ने संकेत दिएको छ ।
सेयर बजारलाई वास्तवमै प्रभाव पार्ने बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । सरकार तथा नियामक निकायहरू पनि सेयर बजार सुधार हुनुपर्छ भन्ने मान्यतामा देखिएका छन् ।
त्यसबाहेक धितो पत्र बोर्ड, नेप्से लगायतका निकायमा प्रमुखहरूको नियुक्ति भइसकेको छ । सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान पनि सेयर बजारप्रति सकारात्मक बन्दै गएको छ । यी कारणहरूले नेप्सेले सकारात्मक गति समाउने जानकारहरूको भनाई छ ।
































