National life

शेयर लगानीकर्ता भन्छन् : अब शेयर बजारमा पहिलेझैँ निराश बन्नुपर्ने अवस्था आउँदैन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
798Shares
शेयर लगानीकर्ता भन्छन् : अब शेयर बजारमा पहिलेझैँ निराश बन्नुपर्ने अवस्था आउँदैन
ncell

काठमाडौं। आज पुँजी बजारमा उछाल आएको छ । निकै लामो समयको अन्तराल पछि आज नेपाली पुँजी बजारमा यस्तो उछाल आएको हो।

१० मिनेट मात्रै कारोबार भएर आजको लागि नेप्से बन्द हुन पुगेको छ । बिहान ११ बजेबाट कारोबार सुरु भएको नेप्सेमा ५ मिनेट कारोबार हुँदा चार प्रतिशतले नेप्से परिसूचक वृद्धि भयो र २० मिनेटका लागि कारोबार स्थगित भयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२० मिनेट बन्द भएको ११ः२५ मा खुलेको नेप्से ३ मिनेटमै पाँच प्रतिशतको बिन्दु छोएकोले दोस्रो पटक ४० मिनेटका लागि सकारात्मक सर्किट लागेर नेप्से बन्द हुन पुग्यो ।

तेस्रो पटक १२ः०७ मा खुलेको नेप्से दुई मिनेटभित्रमा ६ प्रतिशतको सीमा छुन पुग्यो र आजको लागि कारोबार बन्द हुन भयो। नेप्सेको सिस्टम अनुसार छ प्रतिशतले बढेमा वा घटेमा त्यस दिनको लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

पहिलो पटक पाँच, दोस्रो पटक तीन र र तेस्रो पटक दुई मिनेट मात्रै नेप्सेमा कारोबार भएको छ । जम्मा ८ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अङ्कले वृद्धि हुन पुगेको छ । समग्र नेप्से परिसूचक १९६३.९८ कायम हुन पुगेको छ । आज १० मिनेटमा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँका कारोबार भएको छ ।

शेयर बजारमा हुने यस्ता घटना बिरलै मात्रामा भएको पाइन्छ । १० मिनेटको कारोबार समयमै नेप्से बन्द भएको सम्भवतः यो नै पहिलो घटना हो । त्यसैले पनि नेपाली शेयर बजारमा आजको दिन ऐतिहासिक हुन पुगेको छ ।

पुँजी बजारमा आएको उछाल कति समय कायम रहन्छ आगामी दिनमा बजार कसरी अगाडि बढ्छ भन्ने विषयमा हामीले नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग कुराकानी गरेका छौ । ढकालका आर्थिक न्युजलाई बताए अनुसार पुजी बजार बढ्नमा शुक्रवार भएको मौद्रिक नीतिको समीक्षा प्रभाव मुख्य कारणको रूपमा रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष तुलसीराम ढकाल भन्छन्, यस भन्दा पहिले २०७८ साल भदौ ८ गतेको मौद्रिक नीतिको कारणले निरन्तर रूपमा पुजिँ बजार साँघुरो भएको थियो । त्यो हामी सबैलाई जगजायर छ । त्यो समयदेखि बैंकमा पैसा निकै साघुरिदै गयो, जसको कारण ७,८ प्रतिशतमा ल्याएको ऋण १४ /१५ प्रतिशत व्याज पुग्न गयो, त्यसैमा अर्थतन्त्रका विभिन्न कारण जोडिँदै जाँदा बजार तलमाथि हुनु सामान्य थियो तर मुख्यचाहिँ राष्ट्रबैंकको नीतिको प्रहारले गर्दा पुजिँ बजार खस्किएको मान्न सकिन्थ्यो ।

अहिले बढ्नुको कारण पनि राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षामा सकारात्मक परिवर्तन देखाउनु नै हो । जब राष्ट्रबैैकले १५ / २० को अवस्था सृजना ग¥यो तब बजारमा सकारात्मक सन्देश प्रवाह हुन सुरु भएको थियो ।

पूर्ण रूपमा हाम्रो माग सम्बोधन नभए पनि अहिले राष्ट्रबैंकले हाम्रो माग धेरै सुनेको मान्न सकिन्छ । पुँजी बजार निकै तल आएको अवस्था थियो , अंकमा १२/१८ सय भने पनि वास्तवमा अहिले ८ सय इन्डेक्सको रेसियोमा बजार चलेको अवस्था हो । शेयर बजारले काहीँ न काहीँ टर्नीङ खोजेको थियो । त्यो बाटो मौद्रिक नीतिले खुला गरिदियो ।

अब सहजै रूपमा बैंकको ब्याजदर घट्छ ,केही बैंकले त घटाई सकेको अवस्था छ । बैंकमा पैसा तरला अत्यधिक भएको कारणले पुजी बजार बढेको हो । बजार आफ्नो गतिमा चल्छ बजार चल्नुमा मुख्य डिमाण्ड र सप्लाइमा भर पर्छ। आज चाहिँ थुनिएको खोला खुलेजस्तो भएको हो भोलीबाट कारोबार र ट्रान्जेक्सन एउटा लयमा आउँछ ।

एउटा भेन्टिलेटरमा पुगिसकेको मार्केट त्यहाँबाट बाहिर निस्किएको जसरी आजको दिनलाई मान्न सकिन्छ । अब कारोबार लयमा फर्किन्छ हिजो १०,१५ प्रतिशत ब्याज खाएर बसेका निक्षेपकर्ता पनी अब शेयर बजारमै खनिन्छन् । तसर्थ लगानीकर्तालाई धैर्य गरेर कसैको लहै लहैमा नलागेर कारोबारमा विश्वास राख्न आग्रह गर्दछु ।

त्यसै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजारमा निरन्तर गिरावट आएको भए पनि अब भने बजार चलायमान हुने बताएकी छिन् ।

मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताको सेन्टिमेन्ट उठाउने काम गरेको भन्दै अब शेयर बजारमा निरन्तर सकारात्मकता देख्न सकिने उनको भनाई छ । उनी भन्छिन् मौद्रिक नीतिले बजार फराकिलो बनाएको छ , आज बजारमा आएको उछाल त्यसैको प्रभाव हो ।

दिनहुँ बजार बढिरहने मात्रै त हुँदैन त्यसको पनि एउटा लय छ तर यति भन्न सकिन्छ कि अब लगानीकर्ता पहिले जसरी निराश बन्नुपर्ने अवस्था आउँदैन ।

मौद्रिक नीतिको समीक्षाबाट ब्याजदर थप घट्ने देखिएको छ । यस्तै, सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । यसले बैंकहरु अब सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?